रानीपोखरी पुनर्निर्माण बारे रञ्जु दर्शनाले जनाईन आपत्ति मेयरलाई गरिन यस्तो आग्रह


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस ६, २०७४

    ६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् । पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ ।

    रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको अनलाइनखबरलाई बताइन् । ‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् ।

    उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन्. ।

    रञ्जुले भने पुरातात्विक महत्वको सम्पदाको स्थानमा आधुनिक कफी सप आवश्यक नभएको बताएकी छिन् । ‘काठमाडौंमा कफी खाने ठाउँको अभाव छैन’ उनले भनिन्, ‘पर्यटकहरु कफी खानलाई रानीपोखरी पुग्ने होइनन् ।’

    रञ्जुसँगै सम्पदाविद सुदर्शन तिवारी पनि मेयरलाई भेट्न पुगेका थिए । उनले पनि रानीपोखरीको पुननिर्माण पुरानै ढाँचामा सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

    रानीपोखरीको पुनर्निमाण सम्वन्धमा भएको करार, त्यसको समयसीमा, निर्माण सामग्री आदिवारे जानकारी माग्दै महानगरपालिकामा आरटीआई दर्ता गरेको रञ्जुले जानकारी दिइन् ।

    भूकम्पपछि क्षतिग्रस्त रानीपोखरीको पुनर्निमाणले अझै गति लिन सकेको छैन । बरु बेलाबेला विवाद आउने गरेको छ ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य