मापदण्ड बिरुद्ध गएको भन्दै काभ्रेको ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २१, २०७४

    २१ पुस, काभ्रे । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएकोहो ।

    बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

    सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ । निर्देशक उपाध्यायले भने, ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छन/ कसरी चल्छन् अचम्म छ ?’
    उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले उद्योग बन्द गर्दा नाकाबन्दीको जस्तै अभाव हुने तर्क गरेका छन् । सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवाललेे सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए ।

    विभागले दुई उद्योग देखेन !

    नाप तौल तथा गुणस्तर विभागको टोलीले भने काभ्रेमा सञ्चालनमा रहेका अन्य दुई ग्यास उद्योगमा भने अनुगमन गरेन ।

    बनेपा २ नाला बजारमा रहेको उग्रचण्डी ग्यास उद्योग र बनेेपा १३ भैंसीपाटीमा रहेको हिमाल ग्यास उद्योगको अनुगमन विना नै विभागको टोली राजधानी फर्किएको हो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य