आफ्नै घरको छाना बाट खसि मेरुदण्ड नै भाँचिए आमाको ज्यानको भिक्क माग्दै यसरि रोईन छोरी

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन १, २०७४

    दोलखा,फागुन १ : दोलखाको बिगु गाउँपालिका वडा नम्बर-२ निवासी ८० बर्षिया बृद्दा मैना तामाङ्गलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आफ्नै घरको छाना बाट खसि ढाड, खुट्टामा चोट लागेको छ भने मेरुदण्ड नै भाँचिएको आशंका समेत गरिएको छ । स्वास्थ्य स्थिति एकदमै जटिल भएकाले तत्काल नियमित उपचार नगराए यसले जटिल रुप लिन सक्ने आशंका गरिएको छ ।

    जिल्ला अस्पताल दोलखाका डाक्टरहरुले थप उपचकार लागि काठमाडौँ लैजान सुझाब दिएका छन् । घरमा कमाउने कोहि छैनन्, मैनाका २ छोरी मात्र छन् । दुई छोरीको नै बिहे भैसकेको छ ।

    पानी खुवाउने सम्म कोहि नभएकाले उनि अहिले जेठी छोरीकोमा बस्दै आएकी छिन । जेठी छोरी लुङ्गमाया भन्छिन्- ‘काठमाडौँ कसरी लैजानु उठ्न बस्न नसक्ने हुनुभाको छ’,थोरै खर्चले पुग्दैन’ ।

    आँखाभरी आँसु पार्दै लुङ्गमाया भन्छिन्- ‘एउटा घरको छानो भन्दा केहि छैन,उपचार गर्दा टन्नै पैसा लाग्छ, पैसा जम्मा गर्नलाई अब अरु विकल्प केहि छैन । यत्रो रकम कसरी जम्मा गर्ने ?’ ‘कसैले सहयोग गरे आमा बाच्नुहुन्थ्यो कि ?’

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य