यस्तो छ आज (सोमबार) को सुनचांदी मूल्य

  • -लालिगुराश सम्बाद दाता
  • सोम, अशोज १५, २०७५

    काठमाडौँ, १५ असोज । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ५७ हजार ८ सय रुपैया रहेको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर अर्थात् प्रतितोला ५७ हजार ८ सय रुपैया नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै सोमबार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला ५७ हजार ५ सय रुपैया भएको तेजाबी सुनको मूल्य सोमबार पनि सोहि रहेको छ छ ।

    त्यस्तै सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला ७ सय ३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य