आइतबार एक्कासी बढ्यो सुनचाँदीको मूल्य, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २१, २०७५

    असोज २१/ आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार तोलामा ३ सय रुपैयाले बढेर ५९ हजार २ सय पुगेको छ ।

    यसैगरी तेजावी सुन प्रति तोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ आइतबार चाँदी प्रतितोला ७ सय ५० रुपैयामा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ७ सय ५५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ५० हजार ५ सय रुपैयाँ र चाँदी प्रति १० ग्राम ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य