यसकारण ह्वात्तै घट्यो आज सुनको मूल्य ? हिजो र आजमा के छ सुनको मूल्यमा अन्तर ?

  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस २२, २०७५

    काठमाडौँ, २२ पुस । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

    गत हप्ता बिहिबार एक्कै दिन तोलामा ८ सय रुपैयाले बढेर ६० हजार ४ सय प्रतितोला पुगेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा रु एक सयले घटेर प्रति तोला ६० हजार ३ सयमा कारोबार भएको थियो ।

    आइतबार भने छापावाल सुन तोलामा ५ सय रुपैयाले घटेर प्रति तोला ५९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

    त्यसैगरी आइतबार तेजाबी सुन प्रति तोल ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    गत हप्ताको बिहिबार चाँदी तोलामा १५ रुपैयाले बढेर प्रतितोला ७ सय ६० कारोबार भएकोमा शुक्रबार भने तोलामा ५ रुपैयाले बढेर ७ सय ६५ प्रति तोला पुगेको थियो ।

    आज आइतबार भने चाँदी तोलामा १० रुपैयाले घटेर प्रतितोला ७ सय ५५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य