एक्कासी किन आइरहेको छ सुनको मुल्यमा गिरावट, आज फेरी भाउ बढ्यो सुनको , कति पुग्यो त ? पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, पुस २४, २०७५

    काठमाडौँ, २४ पुस । साताको तेस्रो दिन मंगलबार नेपाली सुन बजारमा छापावाल सुनको भाउ बढेको छ ।

    आइतबार, सोमबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ८ सयमा कारोबार भएकोमा मंगलबार भने प्रति तोलामा १ सय बढेको छ ।

    मंगलबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी मंगलबार तेजाबी सुन प्रति तोल ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला रु. ७ सय ६० कारोबार भइरहेकोमा मंगलबार प्रति तोलामा ५ रुपैयाँ घटेको छ ।

    मंगलबार चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य