यसकारण एक्कासी बढ्यो आज ह्वात्तै सुनको भाउ, कति पुग्यो त ? पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, पुस २६, २०७५

    काठमाडौँ, २६ पुस । साताको पाँचौ दिन बिहीबार नेपाली सुन बजारमा छापावाल सुनको भाउ बढेको छ ।

    बुधबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार १ सयमा कारोबार भएकोमा बुधबार भने प्रति तोलामा ६ सय बढेको छ ।

    बिहीबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी बिहीबार तेजाबी सुन प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

    बुधबार चाँदी प्रतितोला ७ सय ६० कारोबार भइरहेकोमा बिहीबार प्रति तोलामा ५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रति तोला रु. ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य