शाखा अधिकृत पदको नतिजा सार्वजनिक

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, मंसिर १२, २०७४

    प्रशासनिक, काठमाण्डौ । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । मंगलबार लोक सेवा आयोगले सूचना प्रकाशित गरी शाखा अधिकृत तहको नतिजा सार्वजनीक गरेको हो । खुला तर्फको विभिन्न सेवाका लागि २०२ पदसंख्यामा बिज्ञापन माग गरेको आयोगले अन्तरवार्तामा उपस्थित उम्मेदवार संख्या २९३ मध्ये २०२ को नाम प्रथम सूचि र वैकल्पीक सूचिमा ५८ जनाको नाम प्रकाशित गरेको छ । अस्थायी योग्यताक्रमको सूचिमा ३३ जनाको नाम प्रकाशित गरेको छ । महिलाको पहिलो सूचिमा ५३ जना सिफारिस गरेको आयोगले वैकप्ल्पिक सूचिमा २० जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी आदिवासी जनजातिको सूचिमा आयोगले ४७ जना र वैकल्पिक सूचिमा १९ जनाको नाम प्रकाशित गरेको छ । मधेशी तर्फ ३७ जनाको नाम पहिलो सूचिमा प्रकाशित गरेको आयोगले वैकल्पिक सूचिमा १८ जनाको नाम प्रशाशित गरेको छ । त्यस्तै, दलिततर्फ १६ र वैकल्पिकमा ८ जनाको नाम सिफारिस गरेको छ । अपांग कोटामा ६ जना प्रथम सूचिमा प्रकाशित गरेको छ र ४ जनाको नाम वैकल्पिक सूचिमा राखेको छ । भने पिछडिएको क्षेत्रतर्फ ७ जना सिफारिस गरेको छ र ६ जनाको नमा वैकल्पिक सूचिमा राखेको छ । थप जानकारीका लागिः

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य