चर्चित गायक पुष्कल शर्मा पागल हुने अनुमान “भिडियो सहित”

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    असार ८ , काठमाडौं,
    म्यूजिक भिडियोमा अभिनयबाट लोकप्रिय बनेका मोडल विपेश घिमिरे अहिले शब्द श्रृजनामा पनि उत्तिकै सफल हुँदै गइरहेका छन् । केही समय अघि देबि घर्ती मगर र सुर्य खड्काको सुमधुर आवाजले भरिएको ‘सिन्दुर–पोते’ जस्तो मार्मिक पञ्चेबाजा भाकाको रचना गरेका बिपेशले सागर खड्कासँग मिलेर फेरि साँचो माया गर्नेहरुको कथामा ‘म त पागल हुन्छु होला’ भन्ने शब्दमा निकै मार्मिक लोकभाका बजारमा ल्याएका छन् ।
    प्रियसी म्युजिक प्रालिले भर्खरै बजारमा ल्याएको यो भाकामा देबि घर्ती मगर र पुष्कल शर्माको सुमधुर सवर रहेको छ । बिपेश घिमिरेले लेखेका शब्दहरुमा सुमधुर सङ्गीत भरेका छन चर्चित सङ्गीतकार गणेश अधिकारीले । आफ्नो माया अरुको भए के हुन्छ भन्ने कल्पना यो गीतमा छ । गीतमा साँचो माया गर्नेहरु आफ्नो प्रेमिप्रेमिका अरुको भए प्रेमी पागल हुन्छन भन्ने सन्देश दिन खोजिएको छ । पीडाले भरिएको यो गीतमा चर्चित मोडेल एवं हास्य टेलिसृंखलाकी कलाकार आशा खड्का र स्वयं बिपेश घिमिरेले सशक्त अभिनय गरेको देख्न पाइन्छ भने यो भिडियो मिलन बिकेले सम्पादन गरेका छन् ।
    साथै उत्कृष्ट निर्देकका रुपमा आफुलाई स्थापित गर्दै लगेकी बबिता श्रेष्ठले भिडियो निर्देशन गरेकी छन् । क्यामेरमा मुकेश हुमागाइले आफ्नो मेहनत देखाएका छन् । अहिले सम्म ५ ओटा गीत रचना गरिसकेका बिपेशले यो गीत आफ्नो उत्कृष्ट उत्पादनमा परेको बताउँछन् । यस अघिका उनका उत्पादन मध्य तिम्रो याद घटाउँ कसरी खुमन अधिकारीको स्वरमा, खुसिको के अर्थ बिष्णु माझीको अवाजमा, नलाउ झुटो पिरती बिष्णु माझीकै आवाजमा र चौथो कोशेली सिन्दुर पोतेमा देबि घर्ती र सुर्य खड्काको आवाजमा बजारमा निकै लाकेप्रिय भइसकेका छन् । सार्वजनिक भएको केही समयमै यो म्यूजिक भिडियो पनि दर्शकहरुको रोजाईमा परिरहेकाले चाँडै नै यो भाकाले पनि नयाँ रेकर्ड कायम गर्नेमा आशाबादी रहेको विपेशले बताए l
    भिडियो हेर्न तल क्लिक गर्नुहोला :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य