छोरी सुहानाको उपस्थितीले छायामा शाहरुखसहित अन्य स्टार

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो दिन निकै चर्चामा आएकी छिन् । पहिरनकै कारण समय समयमा चर्चा आउने सुहानाको यस पटकको पहिरनले बलिउडका अन्य स्टार छायामा परेका छन् ।

    हालै शाहरुख पत्नी गौरी खानले डिजाईन गरेको रेष्टुरेन्टको उद्घाटनमा शाहरुखको परिवार नै सामेल भएको थियो, जहाँ बुबा शाहरुखसँग सुहाना ओरेन्ज कलरको छोटो पहिरनमा सजिएर पुगेकी थिइन् । बलिउड मिडियाले जनाए अनुसार उनको यो पहिरनको मुल्य ६० हजार भारु रहेको छ ।

    कर्ली हेयर स्टाइल र ओरेन्ज ड्रेसमा सुहाना निकै आकर्षक देखिएकी थिइन् । उनको पहिरनले सबैको ध्यान खिच्न सफल भएको थियो । उसो त उक्त कार्यक्रममा बलिउका अनिल कपुर, आलिया भट्ट, सोनम कपुर, सिद्धार्थ मल्होत्रा, सुशांत सिंह राजपुत, कृति सेनन, मलाईका अरोडा समेत सहभागी भएका थिए, मिडियाको सेन्टरमा पर्न सफल भईन् सुहाना ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य