म यस्तो गीत गाउछुको नकारात्मक कुरा सुन्न किन चाहन्छिन पुजा शर्मा ?हेर्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, असार ९, २०७४

    पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकाे चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ लगायतका केहि चलचित्रमा  काम गरिसकेकी छिन् । सिने नगरीमा पूजालाई चिनाएको नाम हो चलचित्र ‘प्रेमगीत’ । जति चलचित्र चल्यो त्यो भन्दा बढि पूजा चलचित्र टिमबिचको कन्ट्रोभर्सीले चलिन् । ‘प्रेमगीत’ प्रदर्शनमा आएसँगै चलचित्रका टिमबिचमा मनमुटाव भयो । चलचित्रका निर्माता र नायक एकतिर भए भने , निर्देशक र नायिका एक तर्फ भए । पूजाले निर्देशकसँग मिलेर नयाँ चलचित्र निर्माण घोषणा गरिन्  ।

    चलचित्र प्रेमगीतको शीर्ष गीतबाट नाम लिएर पूजा र निर्देशक सुर्दशन थापा मिलेर चलचित्र ‘म यस्तो गीत गाउछु ’ निर्माण गरेका छन् । उक्त चलचित्रमा पूजाको अपाेजिट नायक पल शाह छन् । चलिचत्रमा पूजाकाे अाफ्नै लगानी समेत रहेको छ । यहि असार ३० गतेबाट प्रदर्शन हुने चलचित्र ‘म यस्तो गीत गाउछु’बाट निर्मात्री समेत बनेकी पुजा भन्छिन् ‘चलचित्रमा अभिनय गरेको जस्तो सजिलो हुन्न रहेछ । हरेक कुरालाई मिलाउदा तवान नै हुने रहेछ । जिम्मेबारी थपिएको छ । जसलाई म पुरा गर्न हरदम कोशिस गर्दै छु ।’ पूजा थप्छिन् ‘ निर्मात्री भने म सुटिङ भन्दा बाहिर मात्र हो । सुटिङमा हुदा त कलाकार भएर नै काम गरेँ । मलाई अभिनय राम्रो गर्नु थियो । काममा अझ सुधार गर्नु थियो । त्यसैले निर्माता भएर पुरा गर्नु पर्ने जिम्मेबारी मैले सुटिङभन्दा अगाडी नै सक्काएको थिएँ  । ’ चलचित्रको ट्रेलर रिलिज गर्ने अघिल्लो रात आफु तनावले रातभरी नसुतेको पूजाले बताइन् ।
    केहि समयअघि चलचित्र ‘म यस्तो गीत गाउँछु’को एउटा गीत र ट्रेलर सार्वजानिक भइसकेको छ । ट्रेलर रिलिज भएको चौबिस घन्टा नबित्दै युवट्युबमा ट्रेडिङ नम्बर वानमा पुगेको थियो । उक्त ट्रेडिङले लाई लिएर केहि व्यक्तिले सामाजिक संजालमा व्यङग्यात्मक स्टाटसहरु पोस्ट गरेका थिए । त्यस बिषयमा पूजा भन्छिन् ‘चलचित्रको काम धेरै भएको कारण मैले त्यति स्टाटसहरु पढ्न त पाइन् तर मेरा सुभचिन्तकहरुले मलाई पठाउनु भएको थियो । पढेर अचम्म लाग्यो । कुनै पनि चलचित्र सफल हुनु भनेको नेपाली चलचित्र प्रति दर्शकको माया बढ्नु हो । त्यसरी स्टाटसहरु पोस्ट गर्दा बेफाइदा उनिहरुलाई नै हुन्छ । अरुको बुझाईमा नराम्रो पनि भइन्छ् ’ । तर पूजालाई अरुले नकारात्मक प्रतिक्रिया भन्दा सकारात्मक प्रतिक्रियाबाट डर लागेको बताउछिन् । ‘ट्रेलरबाट धेरैको राम्रो प्रतिक्रियाहरु पाएको छु । अब झ्न चुनौती थपिएको छ । चलचित्रबाट दर्शकले गरेको आश हामीले पुरा गर्न सक्छौ या सक्दैनौँ भन्नेमा डर छ, ’ पूजा भन्छिन् । धरै दर्शकहरुले पूजा भन्न साथ प्रेमगीत २ भन्ने गरेको  बताउछिन् ‘ मलाई देखेर कति दर्शक झुकिक्नु भएको छ । ‘म यस्तो गीत गाउछु’लाई प्रेमगीत २ हो भनेर प्रश्न गर्नु हुन्छ । तर अहिले धेरैले बुझिसक्नु भयो । यो दुई चलचित्र फरक हो भनेर ।’
    प्रेमगीत २ मा आफुलाई मिस गर्नु भएको छ ? भन्ने प्रश्नमा पूजा भन्छिन् ‘मिस त हुन्छ । जुन चलचित्रबाट मैले यतिधेरै माया पाएको छु । त्यसको सिक्वेलमा मिस भएको भनेर कतिले प्रतिक्रिया दिइरहन्दा भने सम्झने गर्दछु  तर सिक्वेलमा नव नायिकाले डेव्यु गर्दै छिन् । उनको बारेमा धेरै सुनेको छु । सायद अभिनय पनि राम्रै गर्नु हुन्छ होला, म पनि आतुर छु उहाँ (अश्लेशा ठकुरी)को अभिनय हेर्न ’।
    सिनेपटि टिभी

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य