सातौं अन्तराष्टिय फिल्मी फेस्टिभलमा अटाएको शुदुरपश्चिमको यो जोडि,जसले पाए यति धेरै सम्मान ,गौरव हामी नेपालीको


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १२, २०७४

    नेपाली लोकबाजा संग्राहलयको आयोजनामा सातौ अन्तर्राष्ट्रिय लोकसंगित फिल्म महोत्सभ नाचघर जमलमा गत हप्ता अर्थात यहि मंसिर ६ गते देखि ९ गते सम्म बृहत्त वृत्तचित्र प्रदशनी अर्थात लोक संगित फिल्म महोत्सभ सम्पन्न भएको छ ।

    यस पटकको फेस्टिभलमा “बेस्ट लङ फिल्म अवार्ड” अन्त्तर्गत पश्चिम अफ्रिकाको फुल्फुल्डे (निगार) भाषामा फ्रान्सेली फिल्मकर्मी सानिन्द्रन लोन्केले बनाएको ” डान्स विथ द वडावेस डकुमेन्ट्री उत्कृष्ट रहयो ।
    फिल्ममा पश्चिम अफ्रिकामा निगारहरुले युद्धका बेला भोगेका चुनौती , जनआधारहरु र महिलाहरुलाई लुटने दु:खद घटना देखाएको छ । त्येस्तै ” सर्ट फिल्म अवार्ड ” कम्बोडिया र जापानका फिल्मकर्मि साम याङ साम , टेरेडा योसिताका र फुक्योका सोताको कम्बोडियाको स्याडो पपेटबारे बनाएको” एस्बिक टच” डकुमेन्ट्रीले पाएको थियो ।

    ४ दिन सम्म चलेको उत्त कार्याक्रममा नेपाल, भारत, अमेरिका, क्यानडा, जापान, फिलिपिन्स, भुटान, जिम्बाबे, फ्रन्स लगायत १७ वटा देशका ३२ वटा फिल्म मध्ये १८ वटा फिल्मले अवार्ड हात पार्दै सम्पन्न भएको थियो ।
    फिल्म फेस्टिभलमा सुदुरपश्चिमका २ वटा डकुमेन्ट्री पनि सम्मानित भएका छन ।

    नेपाली लोकसंगित, लोक गित, लोक बाजा,लोक नाच,लोक संस्कृति,लोक प्रम्परा,लोक जिबनका विविध पक्षलाई विश्व सामु परिचीत गर्ने उदेश्यले विगत लामो समय देखि नै यश नेपाली लोकबाजा संग्राहलयले आयोजना गर्दै आएको छ ।

    यस संस्थाका संस्थापक तथा अध्यक्ष राम प्रसाद कडेल हुनुहुन्छ । उहाँकै पहलमा नेपाली लोक संगित, लोक बाजा, लोक गित संगितको जग्रेनाको लागि धेरै राम्रो काम भैरहेको कुरा संस्कृति प्रयटन तथा नागरिक उडायन मन्त्रालयका सचीवले बोल्दै भन्नू भयो । राज्यले गर्नु पर्ने, सरकारको हाता भित्र हुनु पर्ने काम वहाँ एकलै गर्नु भएको छ । हामिले गौरव ठान्नु पर्छ छन । जसमा विभिन्न खाले वृत्तचित्र प्रदशन तथा प्रस्तुत भएका थिए ।

    जसको मुल्यांकन कमिटीमा दुई जना बिदेशी सहित संस्कृति संस्थाका महाप्रबन्धक राजेस थापा रहनु भएको थियो । प्रदशन गरिएका विभिन्न वृत्तचित्र मध्ये नेपालका विभिन्न प्रकारका वृत्तचित्रहरुको उपस्थिति भए पनि केहीले भने अवार्ड हात परेका छन ।
    जसमा शुदुरपश्चिमले पनि स्थान पायो । जसको श्रय गयिका चादनी मल्ल र शंकर सिंह बिस्ट्लाई दिनु पर्छ । लोक संस्कृतिलाई सधै आत्मसात गरि जसको जग्रेना गर्नु पर्छ भनी बिगत लामो समय देखि योगदान गर्नु भएको छ ।
    नेपाली लोक संगितका धरोहर शुदुरपश्चिमका शंकर सिह बिस्टको निर्देशनमा रहेकोे “SACRED MUGIC OF THE GODDESS” ले SPECIAL CONSERVATION AWARD पाएका छन भने “SHAKTI”THE DIVINE FEMAL POWER AMATEUR FILM AWARD द्वरा शुदुरपश्चिमकी गायिका तथा सञ्चारकर्मी चादनी मल्ल सम्मानित हुनुभयो । लाली गुराँस डटकमको तर्फबाट बधाई अनि शुभकामना यो युगल जोडीलाई ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य