चलचित्र राज्जा रानी को प्रिमियर सोमा नेता लालबाबु पण्डितदेखि नायाक नायिको देखियो यस्तो मस्ती (भिडियोसहित)

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, पुस २०, २०७४

    काठमाडौं देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘राज्जा रानी’ को बुधबार साँझ प्रिमियर शो गरिएको छ । काठमाडौंमा गरिएको ‘प्रिमियर शो’मा नेता लालबाबु पण्डितदेखि पुराना चर्चित कलाकारहरुको पनि उपस्थिति रहेको थियो । मैथिली भाषामा समेत निर्माण भएको यस चलचित्र भारतको विभिन्न शहरहरुमा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
    यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । अभिनय राम्रो गरेपनि नाजिर एक्लैले चलचित्र बोक्न सकेका छैनन् । चलचित्र ‘गाँठो’ असफल भएपछि उनको स्टारडमको बारेमा बहस भएकै हो । अर्कोतिर, नायिका केकी अधिकारीले पनि आजसम्म एक्लैले चलचित्र बोक्न सकेकी छैनन् । केकी चलचित्र क्षेत्रमा ‘लक्की’ सावित हुन सकेकी छैनन् ।

    आजबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’ केकी र नाजिर दुबैका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा केकी र नाजिर दुबैलाई क्रेडिट जानेछ । साथमा, उनीहरु बक्स अफिसमा सफल पनि दहरिनेछन् ।
    यम थापाले निर्देशन गरेको यो चलचित्रलाई एम के पौडेलले निर्माण गरेका हुन् । एम के पौडेल भन्छन्-‘चलचित्रलाई हामीले उत्कृष्ट बनाएका छौ । चलचित्र हेरेर दर्शक हाँस्नुहुनेछ, रुनु पनि हुनेछ । केकी र नाजिरको करिअरमै यो चलचित्र कोशेढुंगा हुनसक्छ ।’
    नेपालगञ्जको भाषालाई टपक्क टिपेर निर्देशक थापाले चलचित्र बुनेका छन् । चलचित्रको ‘चिपक चिपक’ बोलको गीत चर्चामा छ । निर्वाचनका कारण केहि समयदेखि नेपाली चलचित्रको खडेरी छ । यसैले आजबाट प्रदशन भएको चलचित्र ‘राज्जा रानी’ले बक्स अफिसमा त्यो खडेरी पुर्ने विश्वास यसको निर्माणपक्षको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य