गुल्मीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका निर्देशक देबेन्द्र कुवरको जिबनयात्रा अनि संघर्षको कथा

  • -लालिगुराश सम्बाद दाता
  • बुध, पुस २६, २०७४

    गुल्मीको रुरु गाउपालिका-२ ग्वादी, याडुङ मा २०४१ सालमा पिता हुम बहादुर कुवर र माता बिस्नु देबि कुवरको जेठो सन्तानको रुपमा जन्मनु भयो देबेन्द्र कुवर ।
    कुवरका दुई भाइ र एक बहिनी छन । कक्षा पाँच सम्मको पढाई गाउकै प्राइमरी स्कुलबाट लिएका कुुुुवरले एस.एल.सि.सम्मको अध्ययन रिडि हायर सेकेन्डरि स्कुलबाट उत्तीर्ण गर्नु भएको थियो । कुवरले उच्च शिक्षाको अध्यायन भने त्रिभुवन विश्वविद्यालय तानसेन , पाल्पाबाट गर्नु भएको थियो ।

    सानैदेखि खेलकुद र नाचगान भनेपछि हुरुक्कै हुने कुवर अलिक लजालु स्वभावका थिए । पुजाआजा बिबाह लगायत विभिन्न कार्यक्रममा अरुले नाचगान गरेको देख्दा भित्रैदेखी नाच्न मन लागेपनी अगाडि गएर नाच्न लजाउने कुवर भने अहिले हजारौं विद्यार्थी अनि कलाकारहरुलाइ नाच्न सिकाउछ्न ।
    वहाँ भन्नुहुन्छ – अरु नाच्दा आफुलाइ पनि तानेर नचाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर कसैले तानेर नाच्न लगायो भने लाजले नाच्नै सक्दैनथे ।
    अनि मनमा अनेक कौतुहल्ता जाग्थ्यो मनमनै सोच्नु हुन्थ्यो यदी भबिस्यमा नाच्न सिक्न पाइने भए अवस्य सिक्छु । डान्स सिक्न पाईन्छ भन्ने कुरा वहाँलाई थाहा थिएन ।


    २०५७ सालमा गाउका केही युवा साथिहरु मिलेर खोलेको “समाजसेवा युवा क्लब” थियो स्वहि क्लबको अध्यक्ष पनि हुनुभयो । दसैंको बेला अनेक सास्कृतिक कार्यक्रमको आयोजना गर्ने सल्लाह भयो । सांस्कृतिक कार्यक्रम गर्नु पर्ने भयो तर कोहि डान्स सिकाउने मान्छे भने थिएन । आफै डान्स गर्नु पर्ने थियो । अहिलेको जस्तो त्यो बेला थिएँन । मन परेको गित पनि गाउँ भन्दा टाढा गएर क्यसेटमा रेकर्ड गरेर ल्याउनु पर्थ्यो । तेतिबेला मादलको तालमा नाचगान गर्ने चलन थियो अहिलेका जस्ता आधुनिक बाजा ब्याण्ड भने थिएन ।
    गाउँमा दशैको रमझमसंगै कार्यक्रम पनि नजिकिदै थियो ।
    आफुलाइ पनि नाच्ने रहर थियो सबैले हौसला दिए पनि नाच्न आट गरे तर नाच्न थालेको हात चल्यो खुट्टा चल्दैन , खुट्टा चल्यो हात चल्दैन निकै गार्हो महसुस भयो । अरुले नाचेको देख्दा सजिलो लाग्थ्यो तर वास्तविक त्यो फरक भेटाए । पहिलो पटक जानी-नजानी भएपनि साथी भाइ संग नाचियो ।

    स्कुलको बेञ्च अनि घर-घरबाट खाट अनि साडि र तन्ना बटुलेर स्टेज बनाएका थियौ । हामीले सो कार्यक्रम सफल गरेउ पनि । प्रस्तुति मेरो पनि थियो ।
    एकपटक स्टजमा नाचिसकेपछी भने लाज आफै हराउदै गयो । कुवर भन्नु हुन्छ त्येही नै बन्यो मेरो करिएरको पाठशाला । त्यस भन्दा पछी घरमा एउटा रेडियोमा बजेकागित सुनेर एक्लै कोठामा नाच्न थाले कुवर ।
    त्यसपछि लगतै तिहार आयो दिउसी भैलो खेल्ने कुरा भयो । त्येतिबेला म नाच्न अलि जानिसकेको थिए ।

    पाल्पा बसेर क्याम्पस पढदा सङै पढने साथिले डान्स सिकाउछु भन्दा ढुङगा खोज्दा देउता मिलेजस्तो भयो कुवरलाई । अनि डान्स क्लासमा भर्ना भए तर धेरै समय सिक्न भने नपाएको गुनासो गरे कुवरले ।

    केहि प्रस्तुति संगै म्युजिक भिडियोमा पनि काम गर्ने मौका पाए । त्यसपछि बुटवल हुदै पोखरा पुगेका कुवर त्यहा धेरै फिल्म अनि म्युजिकको अडिसनमा छानिएर पनि खेल्नको लागि लगानी गर्नुपर्ने भएकोले अवसर नपाएको गुनासो गर्छन् ।

    २०६३/६४ तिर काठमाडौ छिरेका कुवरले केहि गर्नु पर्छ भनेर ब्यबसाय तिर हानिएका कुवरले हाडिगाउमा किराना स्टोर चलाउदै गर्दा फेरि डान्स सिक्ने उदेश्यले राजश्री डान्स सेन्टरमा भर्ना भए ।
    डान्स सिक्दा सिक्दै केही महिनाको अन्तराल मै सोही ठाउमा सहायक नृत्य प्रशिक्षक भएर काम गर्ने मौका पाएका कुवरले धेरै प्रोग्राम तथा सुटिङ मा असिस्टेन्ट कोरियोग्राफर भएर काम गरेको कुरा बताए ।
    त्यसपछी आफैले केहि गर्नुपर्छ भनेर २०६५/६६ देखि आफैले नै कोरियोग्राफिको साथै निर्देशन गर्न थालेका कुवरले प्राय नयाँ तथा पुराना पुस्ताका सबै जसो कलाकार सङ काम गरिसकेका बताउने कुवर बिगत लामो समय देखि “राजधानी डान्स सेन्टर “को साथै “राजधानी फिलिम्स”संचालन गर्दै आउनु भएको छ । कलाकारिता आफ्नो भबिस्य बनाउन चाहनेहरुको लागि नृत्य अभिनय लगायत बिबिध बिधाको प्रशिक्षण दिइने यस सस्थाका संचालक कुवरले बताए ।

    उनि अडियो भिडियो निर्माणका साथै देश तथा बिदेशमा हुने सास्कृतिक कार्यक्रमहरुको कोरियोग्राफि गर्दै आएका छन् । कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफी संगै निर्देशन पनि गरिसकेका छन् । समयले साथ दिएमा निरन्तर यहि क्षत्रमा अगाडि बढीरहने उनले बताए । वहाभन्नु हुन्छ रंग क्षेत्रमा जम्न त्यति सजिलो छैन। तर, पनि मिहिनत र परिश्रम गर्दा क्षमता भएकाहरुलाई स्थापित हुन पनि भनेको जति अप्ठेरो छैन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य