दुई ठूला फिल्म बटरफ्लाई र मिस्टर झोलेको भिडन्त, कसले मर्ला बाजी यस्तो छ भित्रि रिपोर्ट

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, पुस २८, २०७४

    काठमाडौं : लामो समयपछि नेपाली सिनेमाको बजारमा चर्चा कमाएका दुई ठूला नेपाली फिल्म एकसाथ भिड्ने भएका छन् । शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ओमप्रतीक गुरुङ निर्देशित बटरफ्लाई र रामबाबु गुरुङ निर्देशित मिस्टर झोले आआफ्नो विषयका कारणले चर्चामा आएका फिल्म हुन् ।चलचित्र ‘के म तिम्रो होइन र’ बाट एक्सन नायकको छवि बनाएका अभिनेता आर्यन अधिकारी केही समयको अन्तरालपछि ‘बटरफ्लाई’ मार्फत रोमान्टिक दृश्यसहित पर्दामा आएका हुन् । डेब्यु फिल्ममा ‘सिक्स प्याक बडी’ तथा उनको अभिनयले धेरैको मन जितेको थियो । दोस्रो फिल्ममा उनले लभर ब्वाईका रूपमा अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गरेका छन् ।

    नोभेम्बर १० मा सार्वजनिक भएको आर्यन र प्रियंकाले रोमान्स गरेको फिल्मको गीतले एक मिलियन भ्युज प्राप्त गरेको थियो । प्रेमिल शब्दको साथमा अर्जुन पोखरेलको संगीत रहेको रोमान्टिक गीतले अहिले पनि दर्शक तानिरहेको छ ।सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीत हेरेपछि कैयौं दर्शकले प्रतीक्षित लेखेका थिए । बटरफ्लाईलाई सुरेश वज्राचार्यले खिचेका हुन् । रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताका रूपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भूपेन्द्र सुवेदी छन् । मन्दिल श्रेष्ठ र सरोज शाह सहनिर्माता हुन् ।

    फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रवीन्द्र खड्का, पुरन थापा, सुष्मा कार्कीले पनि अभिनय गरेका छन् ।‘बटरफ्लाई’ ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । १६ वर्षमुनिकाले ‘बटरफ्लाई’ हेर्न अभिभावक लिएर जानुपर्ने हुन्छ ।यसैगरी शुक्रबारबाटै प्रदर्शनमा आएको मिस्टर झोलेमा अभिनेत्री दिया पुन र अभिनेता दयाहाङ राईको अभिनय छ । ‘मिस्टर झोले’ मा दयाहाङकी नायिका बनेकी दिया यतिबेला फिल्म प्रदर्शनीको अवसर पारेर प्रचारका लागि काठमाडौं आएकी छन् ।

    झोलेमा दया र दीपा गाउँले भूमिकामा छन् । आफूहरूको भूमिकाबारे दयाहाङले भने, ‘राजनीतिक अस्थिरताका कारण गाउँमा पेन्डुलम भएका झोलेको भूमिकामा छौं । फलस्वरूप हामी विदेश जान पनि सक्दैनांै र आफ्नो जागिरबाट पनि सन्तुष्ट छैनौं ।’ यस्तै विविध द्वन्द्वमा रुमलिएको पात्र आफूहरूले निर्वाह गरेको उनले बताए । भने, ‘दिया र मैले निर्वाह गरेको चरित्रलाई कतिपय दर्शकले स्वीकार गर्नुहुनेछ भने भने कतिपयले अस्वीकार पनि गर्नुहुनेछ । हामीले यसपटक निकै जोखिम चरित्र निर्वाह गरेका छौं ।’ ‘मिस्टर झोले’ मा दया र दियाको साथमा वर्षा राउत, प्रवीण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रूपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्र निर्देशन गरेका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य