फेरी चर्चित नायक प्रदिप खड्काको करियरमा लाग्यो धक्का !रोकियो ‘रोजी’ को छायाँकन, तर किन ?पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ३, २०७५

    नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित भएको छ । रोजी महर्जनका परिवार र फिल्म युनिटबिच कुरा नमिलेसम्म चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलको रोहवरमा छायाँकन स्थगन गर्ने सहमती भएको हो ।

    निरक पौडेल निर्देशित फिल्म ‘रोजी महर्जनको हत्यासँग सम्बन्धीत रहेको समाचार प्रकाशित हुन थालेपछि परिवारको ध्यानाकर्षण भएको थियो । यसबिच उनीहरुले विकास वोर्डसँग फिल्म रोक्न पटक पटक आग्रह गरेका थिए ।
    सोहीकारण वोर्ड अध्यक्ष पौडेल रोजीको सुटिंग रोक्न बाध्य भएकी हुन् । स्मरण रहोस् निर्देशक निरक अध्यक्ष पौडेलका सहोदर भाई हुन् । रोजीको सन् २०११ अगष्टमा आफ्नै प्रेमीले हत्या गरेका थिए । भिडियो :

    निर्देशक निरकका अनुसार फिल्मको एक गीत सहित २० दिनको छायाँकन बाँकी छ । बोर्डको निर्णयसँगै निर्माण पक्षलाई आर्थिक भार थपिने निश्चित छ । फिल्ममा प्रदीसँगै पारमिता राज्य लक्ष्मी शाह, मिरुना मगर, कर्म, वरुण राणा लगायतको अभिनय छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य