मोडेल डि.आर सुजन आफ्ना बाबुआमाको यो हर्कत देखेर धुरुधुरु रोए ,किन ? हेर्नुहोस् यो भिडियो

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, असार ३, २०७५

    सजिलै जिन्दगीमा सफलता पाउन कहा सकिन्छर , दुख र संघर्ष बिना कोहि कसैले पनि सफलता हाशिल गर्न सक्दैन कदम कदापी गरिहाल्यो भने पनि त्यो सफलता को कुनै महत्व नै हुदैन। जिन्दगी एक संघर्स हो र संघर्स बाट प्राप्त गरेको सफलता नै सन्तुस्टी हो भन्नु हुन्छ गीतकार डि.आर सुजन , हामीले उहासग गरेको छोटो कुराकानी मा केहि प्रश्न सोधेका थिएउ।

    १. संगीतीक छेत्रमा कसरी आउनु भयो ?
    सबै भन्दा पहिला त आफुमा के छ ,वा के गर्न सक्छु भन्ने कुरा लाई ख्याल गर्नु पर्ने रैछ, तर मैले आफ्नो बाध्यता को कारण ले गर्दा जिन्दगीमा आफु बाच्न र घरपरिवार लाई बचाउनको काम गर्दा गर्दै आफुले चाहेको कुरा के हो भनेर नियाल्न पनि सकिनछु , त्यसैले त यतिका वर्ष पछी मात्रै मैले आफ्नो मन को रहर पुरा गर्ने मौका पाएको छु । बस्ताब मा यसको जस मेरो प्यारो साथी सन्तोष सुबेदी लाई जान्छ, जसले मेरो मनको रहर पुरा गर्नको लागि भनौ या यो छेत्र मा ल्याउन को लागि ठुलो सहयोग गर्नु भएको थियो। उहाको साथ र सहयोग ले नै मा यो छेत्र मा प्रवेश गर्ने अवसर पाएको हु।

    २. तपाइको बारेमा हामीलाई व्यक्तिगत परिचय दिनु पर्दा ?
    अब मेरो नामको बारेमा त भन्नु नपर्ला हाहाहा ,मेरो जन्म ठाउ स्याङ्जा जिल्ला आधिखोला गाउपलिका वाड न.२ हो, हाल म नयाबजार, काठमान्डौ म बस्दै आएको छु। सांगीतिक यात्रा सगसगै मैले पर्यटकिय ठाउ ठमेल मा रहेका विभिन्न होटेल हरुमा पनि लेखापाल को रुप मा काम गर्दै आइरहेको छु, यति नै हो अरु त तपाईलाई थाहा छदै छ नि हैन र ।

    ३. पारिबारिक कुरा त केहि खुलाउनु भएन नि किन ?
    अहिले पारिबारिक कुरा तिर नजादै राम्रो हाहाहा, समय आएपछि तपाईहरुले अबस्य थाहा पाउनु हुने छ।

    ४. तपाईका बजारमा आइसकेका सांगीतिक कोशेली के के छन बताइदिनु न।
    मैले सुरुमा गरेको सिर्जना हो “सुनको मुटु” जसलाई सुमधुर स्वर कि धनि दिदि कृष्ण परियार र मैले गाएका थिएउ, त्यस पछी “मुखले ठिक्क पर्निलाई” जसमा आदरणीय दाइ पुरुषोत्तम न्यौपाने र बिमला गैरे जिउ को स्वर रहेको थियो भने संगीतमा टेकनारायण चापागाईं ले साथ् दिनु भएको थियो, त्यसपछि को एल्बम हो “बाउआमा” निकै नै यथार्थपरक यो गीतमा बिमला गैरे अनि मेरो स्वर रहेको थियो। भाग २ पनि अब धुन नेपाल बाट छिट्टै बजारमा आउदै छ , र “चिलाउनेबास” एल्बम म जन्मेको गाउ लाई समेटेर बनाएको थिए , जसमा स्वर बहिनी सरिता अधिकारीले दिनु भएको थियो भने अहिले दर्शक श्रोताले माया गरिरहनुभएको लोकदोहोरी गित ”वाउअमा २ ” हो  जसमा शब्द संगीत ,निर्देशन र आवाज मैले आफैले कोशिस गरेको छु र मलाई गायिका तथा अभिनयमा साथ् दिनु भएको छ अहिलेकी चर्चित गायिका शान्तिश्री परियारले  यत्ति नै भन्नु पर्छ अरु आउन बाकी एल्बम हरु मा अहिले काम भैरहेको छ।

    ५. यो छेत्र आउदा र अहिले पनि लागिरहदा तपाई लाई परेका कुनै दुखद पल सम्झनु पर्दा।
    त्यस्तो त खासै केहि छैन तर पनि सम्झिनु नै पर्दा खेरि मध्य राति सम्म स्टुडियोमा बसेर धेरै पटक गीतको काम गरेको अनुभब छ मलाई , तर मैले यस कुरा लाई दुख भन्दापनि संघर्ष को रुप मा लिएको छु।

    ६. अबको दिन मा कसरि अगाडी जाने तयारी गर्दै हुनुहुन्छ र अब बजारमा आउने एल्बम कुन हो ?
    यो छेत्र लाई नै निरन्तरता दिएर अगाडी बढ्ने सोच छ , र लाग्छु पनि किनकि मैले यो काम गर्दा नै सबै भन्दा बढी सन्तुस्टी हुन्छु , अब आउने एल्बम को बारेमा भन्नु पर्दा काम भैरहेका छन् आउने तयारीमा   छन ।

    ६ अन्त्यमा पाठकहरु लाई के भन्न चाहनुहुन्छ ?

    सबै जनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु , हजुर हरुको माया र साथ को कारण नै आज म यो ठाउँ सम्म आएको छु , यसरि नै माया गरिदिनु होला भन्न चाहन्छु । लामो स्वास तान्दै …..आफुलाई जन्म दिने आमावुवालाई माया गर्नु होला, आश्रममा लगेर नराख्नुहोला आश्रममा रहेका धेरै आमावुवा रोएको सम्झदा अहिले पनि  आशु झर्छ  । अन्तमा मिठो कुराकानी को लागि धन्यबाद;हजुरले पनि मलाइ यस्तो कुराकानी गर्ने अवसर जुटाई दिनुभएको मा तपाई लगायत ललिगुराश डट कम टिम लाई रिदय देखि नै धन्यबाद भन्न चाहन्छु

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य