रातको २ बजे शिल्पाको घरमा सलमान जाने गरेको रहस्य खुलासा

  • -लालिगुराश सम्बाद दाता
  • शनि, अशोज २०, २०७५

    एजेन्सी । बलिउड सुपर स्टार सलमान खान बारे अभिनेत्री शिल्पा शेट्टीले ठूलो रहस्य खोलेकी छिन् । निकै मिल्ने पारिवारीक साथी सलमानबारे पहिलोपटक शिल्पाले भित्री रहस्य खोल्दै सलमान मध्यरातमा उनको घर जाने गरेको बताएकी छिन् । एक अन्तरवार्ताा उनले भनिन्, ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् ।’ बुवाको मृत्यु पश्चात आफ्नो घरमा सलमान आएको क्षण सम्झँदै शिल्पाले भनिन्, ‘मलाई राम्रोसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे ।

    दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्ने गरेको भित्री कुरा पहिलो पटक मिडियामा शेयर गर्दै सलमानबारे भित्री रहस्य खोल्न पुगेकी हुन् । उनले भनिन् जब मेरो बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।’

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य