पत्रकारलाई सार्वजनिक स्थलमै चड्कन लाउने नायिका शर्माको चेतावनी

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, अशोज २३, २०७५

    असोज २३/ बेलाबेलामा चर्चा र विवादमा आइरहने नायिका पूजा शर्माले एक पत्रकारलाई सार्वजनिक स्थलमै चड्कन लगाउने धम्की दिएकी छन् ।

    आफ्नो नामको दुरुपयोग गर्दै युट्युबमा भिडियो टाइटल राखेको भन्दै उनले सार्वजनिक स्थलमै चड्कन लगाउने उद्घोषसहित स्टाटस लेखेकी हुन् ।

    कलाकार तथा भिजे शिशिर भण्डारीले सञ्चालन गरेको च्यानलमा आकाश श्रेष्ठसँग लिइएको भिडियोमा राखिएको शीर्षकमा उनले आपत्ति जनाएकी हुन् ।

    केही समय अगाडि मात्रै रिलिज भएको रामकहानीका नायक आकाश श्रेष्ठसँग पूजा शर्माका नाम जोडीइरहेको छ। हुनत रामकहानी प्रदर्शन अगाडिसम्म नाम जोडिदासम्म पूजालाई केही फरक परेको थिएन ।

    तर यति बेला पूजालाई आकाशसँग नाम जोडिएको पटक्कै चित्त बुझिहरेको छैन । रामकहानी रिलिज पछि किन यति धेरै फरक पर्न थाल्यो ?

    कतै आकाशसंग पनि पूजाको सम्बन्ध बिग्रिएको त हैन ? जे होस् उनको आवेग र रिस स्टाटसमार्फत प्रष्ट देखिएको छ। उनको आवेग र रिस भरिएको स्टाटस भने यती बेला डिलिट भइसकेको छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य