गीतसंगीत क्षेत्रबाट करिव १ वर्ष देखि हराएकी पार्वती राईले अमेरिकाबाट आए लगतै अभिनय गरिन यस्तो पूर्वेली गित(हेर्नुहोस भिडियो)

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, कार्तिक ३०, २०७५

    काठमाडौं – नेपालि गितसगीतको दुनियामा रक्षा म्युजिक प्रालिको प्रस्तुति कुशलबाबु खडकाको पूर्वेली गित “झ्यामै लाकुरी”गीतको भिडियो सार्वजनिक भएको छ । डिल्लीराम राईको लय तथा शब्द रहेको यस गीतमा श्रेयासी चेमजोंङ राई र कुशलबाबु खडकाको सुमधुर आवाज रहेको छ । पछील्लो समयका चर्चित निर्देशक बिक्रम चौहानले यस म्युजिक भिडियोको निर्देशन गरेको यस भिडियो छायांकन चर्चित क्यामेराम्यान प्रकास खडकाले गरेका छन् ।

    पदम सुबेदीले सम्पादन गरेको यस म्युजिक भिडियोमा पार्वती राई र सन्जिब सिंह ठकुरीको दमदार अभिनय रहेको छ भने कलारिंग भने अधिनायक मान सेरचनले गरेका हुन् । बजारमा पूर्वेली गीतको खडेरी परेको बेला यो गीतले दर्शक स्रोताको अपार माया पाउने आशा कम्पनीले राखेको छ यो गितसंगै गीतका गायक कुशलबाबु खडकाको सांगीतिक क्षेत्रमा भविष्य उज्जल देखिन्छ । पहिलो गीतनै परिपक्क आवाजका साथ् प्रस्तुत भएका गायक खडका आगामी दिन गीतसंगीत क्षेत्रमा निरन्तर लागिरहेने संग्कल्प गरेको लालिगुरास अनलाईन मिडियालाई जानकारी दिनुभाएको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य