एकाएक चर्चा बटुल्दै गायिका निरुता,मौलिक डेउडा गीतलाई जिउदै शहिद बनाए – निरुता खत्री

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १८, २०७५

    काठमाडौं – सुदूरपश्चिम तथा मध्यपश्चिमको लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा गित विशेष डिजिटलको प्रस्तुतिमा रमेश राजन बटालाको डेउडा गितको म्युजिक भिडियो “अछामको साढे”सार्वजनिक भएको छ ।
    अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा कमल क्षेत्रीको उत्कृष्ठ लय तथा रमेश राजन बटालाको शब्द सिर्जना रहेको छ । डेउडा क्षेत्रकी चर्चा बटुल्दै गरेकी गायिका निरुता खत्री र गायक रमेश राजन बटालाको सुमधुर स्वरमा रहेको छ । भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन बासु बराल र डीबी रौलेले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल मनिष खडका र गायिका निरुता खत्रीको उत्कृष्ट अभिनय रहेको छ ।

    गायिका निरुता भन्नुहुन्छ “नयाँ आउने पुस्ताले मौलिक डेउडा गित बिगारेर मौलिक सस्कृति माथि हस्तछेप गरेका छन् । मौलिकतालाई जोगाउनु पर्छ हराउन मासिन दिनु हुदैन । बजारमा जति पनि डेउडा गित आएका छन् सवै मौलिकता हराईसकेका छन् । दुख लाग्छ पछिल्लो समय मौलिक गीतसंगीतलाई जिउदै शहिद बनाएका छन् । यस तर्फ सम्बन्धित निकाय ,सरोकार वाला र तपाई हामीले ध्यान दिन जरुरि छ ।”
    यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने विशेष डिजिटलले गरेको छ ।
    हेर्नुहोस भिडियो :

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य