फिल्म ‘बटरफ्लाई’ को ट्रेलर सर्वाजनिक


  • -लालिगुराश सम्बाद दाता
  • शनि, मंसिर १६, २०७४

    काठमाडौं, चकलेटी अभिनेता आर्यन अभिकारी र अभिनेत्री प्रियंका कार्की द्धारा अभिनित फिल्म ‘बटरफ्लाई’ को ट्रेलर सर्वाजनिक भएको छ ।
    ओमा प्रतिक गुरुङको कथा तथा निर्देशनमा निर्माण गरिएको फिल्ममा आर्यन र प्रियंकाको मुख्य भूमिका रहेको छ । प्रेम र एक्शनको प्रभाव बढी देखिएको ट्रेलरमा कथाबस्तु पनि प्रेमसँगै सम्वन्धित रहेको अनुमान गर्नसकिन्छ ।

    आर्यन र प्रियंका फिचरिङ भएको म गाउँदिन अब गीत बोलको गीत यसअघि नै हिट लिस्टमा परिसकेको छ । फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन् । अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यस फिल्ममा एक्सन कुमार महर्जन, कोरियोग्राफी कविराजगहतराज तथा छायांकन सुरेश बज्राचार्यले गरेका हुन्।

    फिल्मलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता हुन् । फिल्म पौष २८ गते देखि प्रदर्शनमा आँउने भएको छ ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य