पिरतीमा धोका पाए अनि गजलकार भए लोकनाथ सापकोटाको एकल सांझ युएईमा


  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर २०, २०७४

    प्रकाश ढकाल , युएई

    चर्चित लोक दोहोरी, आधुनिक तथा पप गायक लोकनाथ सापकोटाले यहि आउने बिहिबार ७ डिसेम्बर मा एकल सांगीतिक सांझ गर्ने भएका छन ।

    स्याङ्जा सहयोग समाज युएईको सहकार्येमा हुन लागेको उक्त एकल सांगीतिक सांझ वर दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्ट मा बेलुकिको ७ बजे शुरु हुने स्याङ्जा सहयोग समाज का संरक्षक एकेन्द्र बहादुर थापाले बताए।

    पिरतीमा धोका पाए अनि गजलकार भए म , तिमी निरुता सिंह म तिम्रै राजेश हमाल, आई लब यु स्याङ्जा जस्ता चर्तित गीत हरु गाईसकेका सापकोटा ले पछिल्लो समयमा धेरै गीत हरु गाउन सफल भएका छन।

    डिसेम्बर ७ तारिक बिहीवार सांझ ७ बजे देखि शुरु हुने एकल सांझमा उनले सम्पुर्ण दर्शक लाई नचाएरै छोड्ने प्रतिबद्दता गरेका छन। सापकोटा भन्छन- डिनर सहित रहने मेरो एकल सांगीतिक सांझमा सम्पुर्ण युएईमा रहनु हुने सम्पुर्ण दाजुभाई दिदिबैनीहरुलाई भरपुर मनोरञ्जन दिनेछु कार्यक्रम हेर्न नछुटाउनु होला ।।
    साथै उक्त कार्यक्रम को सम्पुर्ण तयारी भैइसकेको स्याङ्जा सहयोग समाजका महासचिब ओमकार पोख्रेल ले बताए ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य