अनौठो क्षमता: जो उल्टो बनेर रुखमा चढ्छन्

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, असार ७, २०७४

    रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् ।

    भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ ।

    उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो बनेर रुख चढ्ने । अहिले उनी सजिलैसँग उल्टो बनेर रुख चढ्न सक्छन् । उनले १३ वर्षको उमेरदेखि उल्टो बनेर रुख चढ्न थालेका रहेछन् ।

    पेसाले निर्माण मजदुर रहेका मुकेश सुरुमा उल्टो रुपमा चढ्दा २/३ फुट मात्र चढ्न सक्थे । तर, उनले हार नमानी निरन्तर प्रयास गरिरहे । यसो गर्दा कैयौं पटक लडेर उनलाई चोट पनि लाग्यो । अहिले उनी ५० फुट अग्लो रुख ५ मिनेटमै उल्टो बनेर चढिसक्छन् । उनी उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य