उडिरहेको विमानमै महिलाले बच्चा जन्माएपछि मुम्बईको बिमानस्थलमा आकस्मिक अवतरण , बच्चालाई आजिबन निशुल्क यात्राको घोषणा

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    एक भारतीय महिलाले उडिरहेको जहाजमा बच्चा जन्माएकी छिन् । साउदी अरेबियाको दामानबाट भारतको केरलाको कोचीतर्फ उडिरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । करिब ३५ हजार फिटको उचाइमा महिलाले छोरा जन्माएकी हुन् ।
    उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु-याइएको जेट एयरवेजले जनाएको छ । नाम नखुलाइएकी २० वर्षीया महिलाले चिकित्सकले दिएको समयभन्दा अगावै बच्चा जन्माएको भारतीय समाचार संस्थाले जनाएका छन् ।
    बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । महिलालाई व्यथा लागेपछि विमानका स्वास्थ्य कार्यकर्ता र कर्मचारीले सहयोग गरेका थिए । सो विमानमा चालक दलका सदस्यसहित १६२ यात्रु थिए ।
    अवतरणपछि महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको थियो । सो एयरवेजले पहिलोपटक आफ्नो एयरवेजमा आकाशमै बच्चा जन्मिएको जनाएको छ । ती बच्चालाई जीवनभर निःशुल्क यात्रा गराउने पनि एयरलाइन्सले जनाएको छ ।
    गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा शिशु जन्मिएको थियो । सो विमानलाई दक्षिणी भारतीय सहर हैदराबादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पु-याइएको थियो ।


     

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य