मुग्लिन सडकखण्डमा जाममा परेको यात्रुहरुलाई यसरी सताउन थाले यो सत्य घटना हो हेर्नुहोस (भिडियो)


  • -लालिगुराश सम्बाद दाता
  • शनि, साउन २१, २०७४

    पहाडको टुप्पामा पुग्दा झम्के साँझ परिसकेको थियो । मेरो साथमा एउटा टर्च थियो त्यसैले पनि मनमा डर थिएन । राजुलाई फोन गरेँ¸ अव कति लाग्छ हँ ? अव एक घण्टामा तँ आइपुग्छस् के कति आत्तिएको ? उतावाट यस्तो जवाफ आयो । ऊ लिन आउँ भन्दै थियो मैले पर्दैन भनेँ । म पहिलो पटक यस्तो पहाडको लामो यात्रा गरेको थिएँ त्यसैले पनि हात खुट्टाहरु दुखिरहेका थिए तैपनि म जानै पर्ने थियो त्यसैले हिडेँ । घरमा बुलुलाई पनि थाहा नै नदिएर हिँडेको आज तेस्रो दिन भैसक्यो । हिजो बुलुले फोन गरेकी थिई । मैले अफिसको काममा विराटनगर गएको छु भनिदिएँ । यो मोवाईलले पनि मानिसलाइ राम्रै सुविधा दिएको छ¸मैले उसलाइ ढाँट्न गाह्रै भएन । आज पनि अघि फोन गरेकी थिइ सानी छोरी निदाइसकि अरे । ठूलीले होमवर्क गर्दै छे रे । केटाकाटीहरु पनि यस्तै त हो नि पढ भनेर मान्दै मान्दैनन् तर कम्तिमा होमवर्क गरे भने पनि ठूलो कुरा मान्नु पर्ने । तर पनि छोरीको दिमाख भने कडा नै थियो कतिले त वावु गोत गएकी भन्थे । मलाई खूव माया गर्थी । मैले पनि लैङ्गिक भेदभाव विना नै छोरासरह व्यवहार गर्थेँ । तापनि घरीघरी भने सामाजिक परिवन्धले वाँधिएका हामीहरु कतिपय अवस्थामा समाजको मूखमा बुजो लगाउन नसक्ने यथार्थता त मैले पनि छिपाउन सक्दिन । पाइला लामो वनाउँछु भन्दा भन्दै पनि असजिलो महशुस भैरहेको छ । हुन त थकाइ पनि लागिसक्यो । अघि देउरालीमा खाएको केराउको तरकारी र सेल ले पनि अव कति धानोस् ? अँध्यारोले अलि अलि गर्दै च्याप्दै लगेको थियो । म त्यै अँध्याराको बिचवाट जुनकिरी वन्दै नयाँ वाटोमा अगाडि वढिरहेको थिएँ । नयाँ ठाउँ भएकोले पनि डर लागेको थिएन ।

    किनकी दिउँसो हिडिराखेको र परिचित ठाउँमा विभिन्न भनाइ अनुसार भूत¸डंकिनी र किचकन्याको वास रहेको भन्ने सुनेपछि झन डरको मात्रा वढ्दै जान्थ्यो तर त्यहाँ मैले त्यस्तो केही पनि नजानेको हुँदा डरको प्रतिशत खासै थिएन । तापनि अँधेरी रातमा एक्लै अपरिचित वाटोमा जुनकीरी टर्चको भरमा परिस्थिती अली गाह्रो नै थियो । वाटो सुनसान नै थियो । अघि साँझमा खाजा खाएर ओरालो लाग्ने क्रममा घुरमैलो अन्धकारमा एकजना महिलालाइ मैले देखेको थिएँ । उसले मलाइ निकै परिचित आँखाले हेरेकी थिइ¸ म भने नचिनेको झैँ गरी पर नै वसेको थिएँ । तर उसले मलाई नजिकै आएर भनि तपाइँ यहाँ नयाँ हो ? उसले यसरी भनी कि मानौँ ऊ यहाँ नयाँ मानिसहरुको वारेमा मिडियामा रिपोर्टिङ गरिरहन्छे । मैले हो तर खासै नयाँ त होइन पहिला पनि एकपटक आएको थिएँ भनिदिएँ । तर उसले पत्याइन तपाइँले किन ढाँट्नु हुन्छ ? मैले तपाइँलाइ चिनिसकेकी छु तपाइँ त नयाँ नै हो वरु कहाँ सम्म जाने हो त्यो भन्नुस म पुर्‍याइदिने व्यवस्था गरिदिउँला । मैले इन्कारेँ र एक्लै पनि जान सक्ने कुरा भनेँ । उसले भनी¸ त्यसो भए त ठिकै छ तर तपाइँलाइ भोली केही भैहाल्यो वा बाटोमा भूत वा किचकन्याले छल गर्यो भने चाहिँ हामी गाउँले जवाफदेही हुँदैनौँ है ।

    यो वाटो त साह्रै डरलाग्दो पो छ त तपाइँलाइ सायद् थाहा छैन होला । मलाई यस्ता अदृस्य शक्तिहरुमा विश्वासै लाग्दैनथ्यो । त्यसैले पनि त्यहाँवाट एक्लै अगाडि वढेँ । झोला अली गह्रौँ नै थियो भिडियो क्यामरा¸ ल्यापटप¸एउटा डिजिटल क्यामरा¸ एउटा भ्वाइस रेकडर्र र केही लुगाहरु थिए¸ मेरो झोलामा । तैपनि लामो यात्रा भएको कारण पनि मैले गह्रौँको महशुस गरिरहेको थिएँ । जाडोको समय भएता पनि हिँडाइको तोडले पसिना आइरहेका थिए । बाटोमा मुन्तिरवाट खस्राङ खुस्रुङको आवाज आयो मैले झट्टै टर्चको फोकस त्यतैतिर पारेँ । केही देखिएन । वन्यजन्तु जनावार वा कालिजले होला भन्ने लाग्यो । अगाडि वढेँ । केही पर पुग्दा त्यो आवाज अझ वढ्दै गयो । केही गुनगुन आवाज जस्तो पनि सुनिन थाल्यो तर त्यो मानिसको गुनगुन हो वा वनढाडे घुरेको हो पत्ता लगाउन सकिन । जंगल अनकण्टार थियो । अघि राजुले लिन आउँछु भन्दा पर्दैन भनेर व्यर्थै भनेछु जस्तो लाग्यो । अझ देउरालीमा त्यो आइमाइले साथी पठाइदिन्छु भन्दा पनि पर्दैन भनि हिडेँ । म आखिर अलि मुर्ख स्वभावको छु । जंगलमा विभिन्न वाटाहरु फाट्दै गए । म झन् विचविचमा छिरेको अनुभूत गर्न पुगेँ । कताकता स्वास फेर्न पनि गाह्रो भए जस्तो लाग्न थाल्यो । धेरै रुख भएको जंगलमा रातीको समयमा वस्दा अक्सिजनको कमी हुनाले स्वास फेर्न गाह्रो हुन्छ भन्ने मैले साईन्समा पढेको थिएँ ।

    त्यसले मलाई अझ आगोमा घ्यू थपेझैँ भयो । मलाई साँच्चै नै स्वासप्रस्वासमा गाह्रो हुन थाल्यो । मोवाईलमा हेरेँ ८ बजिसकेको रहेछ । नेटवर्कले काम गरेको भए मैले राजुलाई फोन गरेर लिन आइज भन्ने थिएँ । म डराउँदिन भन्दा भन्दै पनि निसास्सिन पुगेँ । चिच्याउँजस्तो दौडौँ जस्तो लडीवडी खेलौँ जस्तो हुन थाल्यो । झोलाको वाहिरी गोजीमा रहेको स्क्वास पानीलाइ तनतनी पिएँ । केही राहत महशुस भयो । छेवैमा रहेको ढुङगामा एकछिन सुस्ताएँ । पुनः मोबाइल नम्बर डायल गरें तर नेटवर्कले कामै गरेन । त्यसदेखि अलि रिस उठ्यो चाहिँने वेलामा मोवाइलले मलाइ कहिल्यै साथ दिएन । कहिले रिपोर्टिङ गर्दा गर्दै काटिन्छ त कहिले व्याट्रि लो भन्छ । मलाइ त यसले हैरानै पारेको थियो । दुःख परेको वेलामा साथ दिन नसक्ने के को साथि ? त्यस ठाउँवाट उठेर केही पाइला अगाडि वढ्नासाथ एउटा अनौठो दृश्यले मलाइ अचम्मित वनायो । अगाडि एउटा अजङगको मानिसको अनुहार भएको वस्तु उभिएको देखेँ । मैले टाढैवाट नियालेँ¸ लामा लामा दाह्रा हात्तिका जस्ता देखिएका¸ टाउकोमा सिङ पलाएको कस्तो कस्तो ? नग्राहरु वढेर छुरी जस्ता भएका आवाज ङुर्रर्रर्रर्र गरेको सिंहको जस्तो । मलाई शुरुमा त मेरो दृष्टि भ्रम होला भनि डर लागेको थिएन तर जव त्यस जन्तुले पाईला चलाएर म भएकै स्थानमा आउन खोज्यो मैले आवाज निकालेर भाग्ने प्रयास गरेँ । डराउँदिन भन्दा भन्दै पनि आङ भरी नै काँढा उम्रिरहेका पो रहेछन् त । म नडराइकन नै डराएँ । चिच्याउन खोजेँ आवाज नै निकाल्न सकिन¸ दौडन खोजेँ तर पाइलाहरु नै लल्याकलुलुक हुन थाले एक कदम पनि हिड्न सकिन । त्यो जन्तु मलाई नै कुल्चेर अगाडि बढ्न आँटेको थियो । म ज्यान बचाउन वाटो मुनीतिर झरेँ । झोलामा रहेको खुकुरी अघि नै झिकिसकेको थिएँ । त्यसलाइ दाहिने हातले समाएर अगाडि वढाउँदै तयारी हालतमा थिएँ । यस्तो कि पशु वलीदिने ठाउँमा गर्धन छिनाल्न वधकर्ताले खुँडा उचालेको हुन्छ ।

    एकछिन म प्रायः वेहोशी झैँ हातमा खुकुरी उचालीरहेँ । त्यो खस्राङखुस्रुङको आवाज हराउँदै गयो तर रात भने छिप्पिँदै गएको थियो । त्यसले मलाई केही असहजता थपिरहेको थियो । गाह्रो त यो थियो कि मेरो टर्चको चार्ज पनि सकिने क्रममा थियो त्यसैले मैले अतिआवश्यक स्थानमा वाहेक अरुवेला वाल्दैनथेँ । टर्च नवालेको वेलाको अँध्यारोले गर्ल्याम्मै छोप्दा त चुक घोप्टिएजस्तो नै देखिन्थ्यो । म देखि अलि पर खोल्सामा पिलपिल आगो वा कुनै उज्यालो देखियो । पहिला त केहि शंका पनि लाग्यो । अव म भूत पनि हुँदो रहेछ भन्नेमा लगभग विश्वस्त जस्तै भैरहेको थिएँ । त्यो अघि देखिएको अजंगको जनावारले त मेरो लगभग सातो नै लगेको थियो । तर मनमा भने साथ पाएजस्तो पो भएको थियो । म जति नजिकै आउँछु त्यति त्यो वत्तिको उज्यालो चहक वन्दै गयो । नजिकैमा एउटा सेतो साडी लगाएको महिलाकृति पनि देखेँ । सायद् एक्लै भएर आगो वालेर यहीँ वास वस्न खोजेकी हुनु पर्छ जस्तो लाग्यो । म ऊसको नजिकै पुगेँ । ऊ भन्दा म नै पहिले बोलेँ । को हुनुहुन्छ ?¸यो राती अँध्यारोमा के गरेर वस्दै हो ? मैले चिनजानको लागि यि दुवै प्रश्‍नहरु सोधेको थिएँ । केही समयपछि उसले ऊ पनि फुलुङ गाउँमा नै जान लागेको भनि । सँगै जाने प्रस्ताव मैले गरेँ । उसले सहजै स्वीकारी । त्यसपछि म अगाडि त्यो आईमाइ पछाडि हिड्दै गर्‍यौँ । बाटोमा कुराकानी खासै भएन । घरिघरि म पछाडि फर्केर हेर्थेँ । ऊ धेरै पछाडि देखिन्थी तर एकैछिनमा नजिकै आइपुग्थी । मेरो शरिरसँग टासिने गरी आउँथी ।

    म भने छिटोछिटो गरी पाइला वढाइरहन्थेँ¸ किनकि मलाइ त राजुको गाउँमा छिटै नै पुग्नु थियो । त्यो आइमाइ गुनगुन त गरिरहन्थी तर उसले के भनिरहेकी छ भन्ने मैले वुझ्नै सकिन । मैले त्यो आइमाइलाई टर्च वालेर हेर्दा उसका आँखा मात्रै देखिन्थे शरिर हराउँथ्यो । यस्तो देखेर मेरो मन एक किसिमले भन्नु पर्दा डराउँथ्यो । मैले कतै यो किचकन्या त होईन ? भनि शंका गर्न थालेँ र त्यसलाइ विस्तारै छोएँ र साथमा रहेको रेशमको मसिनो डोरी उसले थाहा नपाउँने गरी कपालको चुल्ठोमा वाँधिदिएँ । हामीहरु जंगल छोडेर गाउँको लागि केही उकालो वाटो लाग्यौँ । विद्युत नभएको हुँदा गाउँ खासै उज्यालो देखिँदैनथ्यो । त्यो आइमाइ निकै नै पछाडि थिइ । गाउँका घरहरु आइपुगे मैले मोवाइलमा हेरेँ¸ रातको १२ वजेको रहेछ । नेटवर्क पनि रहेछ । राजुलाई फोन गरेँ उसले मलाइ नै कुरिवसेको भन्यो । मैले उसको घरको वाटो सोधेर त्यसैतर्फ लागेँ । दोबाटो सम्म त त्यो आईमाई सँगै नै थिइ तर त्यसपछि कहाँ गै थाहा भएन ऊ त्यत्तिकै अलप भै । म राजुको घरमा पुगेँ र उसलाई सवै वताएँ । हामीहरु सुत्ने तरखर गर्दा नगर्दा घरको जस्तामा ढुङगाहरु फालेको आवाज वेसरी आयो । बाहिर हेर्दा केही पनि नदेखिने तर भित्र पसपछि उस्तै हुने ।

    यो क्रम विहान नहुन्जेल सम्म भयो । भोलि विहानै हामीहरु त्यो रेशमको डोरीलाइ पच्छ्याउँदै गयौँ । तल खोलाको खोँचको ओडारमा एउटा मानव हड्डीमा वेरीएको अवस्थामा फेला पार्‍यौँ । मैले हो त्यो किचकन्या नै रहेछ भनेँ । गाउँलेहरु पनि त्यसै नै भन्दै थिए । त्यो हाड धेरै वर्ष अगाडि भिरवाट लडेर मरेकी एउटी युवतीको हो भन्दै थिए । उनिहरु त्यस हाडलाइ खोलामा लगेर डढाएर विभिन्न वैद्धिक मन्त्रद्धारा खरानी वनाए । अव न त त्यो वेलुका जंगलमा अजंगको मान्छे देखिन्छ न त त्यो आइमाइ । गाउँका घरहरुमा ढुङगापनि अव खस्दैनन् । हो त्यो किचकन्या नै रहेछ …… हो हो म चिच्याएछु । बुलुले भनि के भयो ? यो रिपोर्टिङ गर्ने जागिर पनि कति गाह्रो छ … भन्दै उ गुनगुन गर्दै भित्र पसि । म भने बल्ल झल्यास्स बिउँझेँ । घडि हेरेको विहानको ७ वजिसकेको रहेछ । कस्तो अजंगको सपना देखेछु ? साथिहरुले मलाई वाटोमा कुरिरहेका थिए । छिटोछिटो गरी हिजै मिलाएको झोला वोकेर अदृश्य शक्तिले घरमा ढुङगा हान्ने कुराको रिपोर्टिङ गर्न फुलुङ गाउँ तर्फ लागेँ

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य