एक पटक मन थामेर हेर्नुहोस यो २ मिनेटको भिडियो जहाँ सेल्फी खिच्ने निउमा खसे ३० तल्लाबाट यी युवा


  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३, २०७४

    बेइजिङ, २८ मंसिर ।

    सेल्फी खिच्ने लहड छ अहिले । तर सेल्फीकै कारण धेरैले ज्यान पनि गुमाइरहेका छन् । यो घटना चाहिँ उत्तरी छिमेकी चीनको हो । एक २६ बर्षीय युवा सेल्फी खिँच्नका लागि गगनचुम्बी महलमा चढे । यो जमिनबाट ९ सय फिट अग्लो थियो । त्यही अग्लो छतमा चढेर २६ बर्षीय वु योङगिङले सेल्फी खिच्न खोजे ।

    उनी डरलाग्दो स्टन्ट गरेर नाम कमाउन चाहन्थे । हेर्दै डरलाग्दो सेल्फी खिँचेर हिरो बन्ने उनको इच्छा भने पूरा भएन । क्यामेरा सेल्फी मोडमा राखेर उनी अग्लो भवनको छतबाट तल झरे । उनको ज्यान हातको भारमा मात्र झुन्डिएको थियो । यसैबीच उनी माथि उक्लन खोजे । जति उक्लने प्रयास गरे पनि संभव भएन । अन्त्यमा उनको हात खुस्कियो । उनी ९ सय फिट तल बजारिन पुगे । यतिको उचाइबाट बजारिएपछि के हुन्छ ? तपाई पनि अनुमान गर्न सक्नुहुन्छ । ती युवाको हाल त्यस्तै भयो ।उनको यो मृत्युको भिडियो अहिले भाइरल भएको छ । प्रहरीले उक्त क्यामेरा बरामद गरेको छ, जसमा भिडियो रेकर्ड भयो । उनले क्यामेरा स्ट्यान्ड लगाएर आफ्नो स्टन्ट सुट गर्दै थिए ।

    बताइए अनुसार उनी यही बिल्डिङको छतमा आफ्नी गर्लफ्रेन्डलाई बिहेको लागि प्रस्ताव गर्ने सोचमा थिए । एजेन्सी

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य