तपाई सधै बस तथा बाईक जाममा परेर तनाब खेप्न परेको छ ?अब नो जाम एस्तो उपाए आयो


  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस २४, २०७४

    zam

    तपाईले हामीले राजधानी काठमाडौँ वा अन्य विभिन्न शहरी क्षेत्रमा जामको स्वाद लिइएसकेका छौँ । जाममा परेका बेला हामीले कल्पना गर्छौकी आफुले चढेको गाडी जमिनमाथीबाट उठेर जाम भन्दा अघि जावस् भन्ने

    त्यो कल्पना मनभित्रै राखेर हामी जाम खुल्ने आशामा गाडिभित्रै झोक्राइरहन्छौँ । तर अबचाहिँ त्यस्तो कल्पना पनि यथार्थ बन्दैछ ।

    अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ जामले कुनै असर पार्दैन । त्यो गाडी जामबाट मुक्त भएर अगाडि बढ्न सक्दछ । किनकि उक्त प्रविधिले गाडीलाई जाममा फसेका गाडीभन्दा माथिबाट कुँदाउँछ ।

    अमेरिकाको क्यालिफोर्नियास्थित लेनकेस्टर सहरका मानिसहरु प्रायः त्यहाँको सडकमा हुने जामबाट वाक्क हुन्छन् । सदाझैँ जब एक विहान मानिसहरु त्यस्तै जाममा फसेर उँघिरहेका थिए तब त्यसबीचमा कुँदिरहेको एउटा टक्लू कारलाई देखेर तीनछक परे ।

     

    भीडमा रहेको त्यो कारका पांग्राहरु एकाएक माथि उठ्न थाले अनि त्यो कार यति मात्र उचालियो कि जामबाट फुत्किने बाटो आफैं बनायो ।

    मानिसहरुले हेर्दा हेर्दै र कुरो बुझ्न नपाउँदै त्यो कार जाममा फसेका अन्य कारको माथिबाट बाहिर निस्कियो ।

    उक्त कारमा एक विशेष खालको हाइड्रोलिक सिस्टम जडान गरिएको छ । उक्त सिस्टमकै कारण कारको पांग्रा बाहेक अन्य भाग जमिनबाट निकै माथि उठ्छ र जमिनमा रहेका पांग्राले साँघुरो बाटोबाट समेत कारलाई अगाडि बढाउँदछ । जसका कारण उक्त कार अन्य कारभन्दा निकै माथि रहँदै गुड्न सक्दछ ।

    एजेन्सी

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य