सुन्दै अचम्म ! खाल्डोमा पुरिएको सात घण्टापछि जीवितै उद्धार हुने को हुन ती भाग्यशाली ब्याक्ती

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    सिरहा : मानिसलाई खाल्टोमा गाडियो भने कति मिनेट बाँच्न सक्छ ? सायद सबैको उत्तर एउटै हुन्छ, दुई-तीन मिनेट। तर, सिरहाको नवराजपुर गाउँपालिका १ तामासुइया चोकमा एक युवकलाई खाल्टोभित्र गाडेको सात घण्टापछि जीवितै निकालिएको छ।

    विश्वास नै नलाग्न सक्छ। तर खाल्टोभित्रै सात घण्टा बिताएर भारत मधुवनी जिल्ला बसहा गाउँका अन्दाजी २० वर्षीय जितेन्द्र मण्डलले अनौठो कला देखाएका हुन्।

    खाल्डोमा पस्नुअघि उनले मुखको विभिन्न ठाउँमा सुई पनि रोपेका थिए। दिउँसो ३ बजे उनलाई खाल्टोमा गाडिएको थियो। सात घण्टापछि राति १० बजे खाल्टोबाट उनको जीवितै उद्धार गरिएको हो। उनलाई हेर्न स्थानीय सयौँ मानिसको घुइँचो लागेको थियो। उनको अनौठो कलाले सबै चकित भएका छन्।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य