बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह !

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, अशोज २६, २०७५

    असोज,२६/झट्ट हेर्दा सामान्य लाग्छ । यो उल्लासपूर्ण विवाहको फोटो संग्रह लाग्छ, बुवाआमा रोइरहेका, साथीहरुले बेहुलीलाई सिंगारी रहेका, केही नर्भस भएकी बेहुली अनि होहल्ला गर्दै रमाइरहेका बालबालिकाहरु ।

    तर नजिकबाट हेर्यो भने केही छुटेको स्पष्ट हुन्छ ।

    जुन विवाहको फोटो संग्रह हेरिएको छ, त्यो विवाहका बेहुला केन्डल मुर्फीको ९ महिनाअघि दुर्घटनामा निधन भयो । बेलुही जेसिका प्याडगेट आफ्नो विवाह पहिरनमा एक्लै उभिएकी छन् केन्डलको समाधि स्थल नजिकै । यो घटना हो अमेरिकाको इन्डियाना राज्यको ।

    केन्डल र जेसिकाको घर सात माइल पर थियो । उनीहरु कलेजमा पहिलो पटक भेटिएका हुन् । दुवै अमेरिकी फुटबलका ठूला फ्यान ।

    केन्डलले नोट्री रंगशालाको सोलो टुरको बेला जेसिकालाई सरप्राइज दिए । उनले जेसिकालाई रंगशालामै विवाहका लागि प्रस्ताव गरे ।

    अग्निनियन्त्रक केन्डलको गएको नोभेम्बरमा रक्सीले मातेका ड्राइभरले चलाएको गाडीले ठक्कर दिँदा निधन भयो । २५ वर्षकी जेसिका स्वभाविक रुपले टुटिन् ।

    उनले केन्डललाई सम्झिँदै भनिन्, ‘उ निकै उत्कृष्ट व्यक्ति थियो । निकै माया गर्ने, अति दयालु थियो ।’

    तर जेसिकाले केन्डलको निधन भए पनि पूर्व निर्धारित विवाहको मितिलाई निरश नबनाउने निर्णय गरिन् । गएको सेप्टेम्बर २९ मा विवाहको मिति थियो । जेसिका विवाहको सेतो ड्रेसमा सजिइन् । साथी तथा परिवारका सदस्य जम्मा भए ।

    विवाहको तस्बिर खिच्नका लागि जेसिका र केन्डलले फोटोग्राफर बुक गरेका थिए । तिनै फोटोग्राफरले फोटो खिचे ।

    जेसिकाले विवाह बारे भनिन्, ‘म हाम्रो विवाहको दिनलाई मनाउन चाहन्थेँ, हामी भौतिक रुपमा साथमा नरहे पनि । मलाई यो दिनका सम्झनाहरु संगाल्नु थियो ।’विवाह र फोटो सुटको आइडिया जेसिकालाई तत्काल आएको थिएन । तर केन्डलको निधन भएको केही दिनपछि नै विवाहको ड्रेस बनाउन दिएको बुटिकबाट जेसिकालाई ड्रेस तयार भएको जानकारी गराउन फोन आयो ।

    उनले भनिन्, ‘पहिलो कुरा त ड्रेसको आवश्यकता नै थिएन अब, आफ्नो मिल्ने साथीसँग विवाह गर्ने सपना टुटिसकेको थियो । तर बुवाआमाले ड्रेसका लागि पैसा तिरेकाले लिने निर्णय गरियो । त्यसपछि मात्रै यो आइडिया आएको हो ।’

    जेसिकाले मात्रै होइन उनलाई थाहा नदिइ केन्डलकी आमाले पनि फोटोग्राफरसँग यो असहज विवाहको फोटो खिच्नका लागि आग्रह गरेकी थिइन् । त्यसपछि फोटोग्राफर तयार भइन् ।

    त्यसपछिको तस्बिर एक वयश्क महिलाले आफन्त गुमाउँदाको पीडाको प्रमाण बनेको छ ।

    जेसिकाले विवाहको फोटो सुटको दिन सम्झिइन्, ‘म रेलमा थिएँ कि मष्तिस्कमा म एक्लै उभिनेछु, बेहुला हुने छैन मसँग भन्ने विचार आइरहेका थिए । मैले बुवालाई देखेँ मन थाम्नै सकिन ।’

    तर त्यहाँ शोकसँगै हाँसो पनि आयो । जेसिकाले आफूलाई सम्हालिन् र फोटो सुट गरिन् । विवाहको दिन जेसिका र उनको परिवारका लागि थेरापी जस्तै बन्यो । यो विवाह समारोहमा परिवारका सदस्य, साथीहरु र केन्डलले काम गर्ने अग्निनियन्त्रण विभागका साथी कर्मचारीहरु थिए ।

    जेसिकाको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    तस्बिरले आफूलाई केन्डलसँग थप नजिक बनाएको जेसिकालाई महसुस भएको छ । उनी भन्छिन्, ‘म अहिले उसलाई देख्न सक्छु, साँच्चै भन्दा उ मेरो मुटुमा छ ।’

    जेसिकाका तस्बिर म्याण्डी केनिपले खिचेकी हुन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य