मार्च ४ कालो दिन : सुगौली सन्धि स्वीकार गरि एक तिहाइ भूभाग गुमाएको दिन

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    नेपालसँग युद्धको निहुँ खोजिरहेको इष्ट–इण्डिया कम्पनी सन् १८११ देखि बुटवल–स्यूराजबारे बखेडा झिकिरहेको थियो । सन् १८१३ मा कम्पनी सरकारले नेपाललाई विवादित क्षेत्रबारे वार्ताका लागि बोलायो । वार्ताका लागि चन्द्रशेखर उपाध्याय बेतिया पुगे । तर माक्र्विस् वारेन हेस्टिङ्स गभर्नर नियुक्त भएपछि कम्पनी सरकारका प्रतिनिधि ब्राड शाले विना संवाद चन्द्रशेखर उपाध्यायलाई अपमानित ढंगले फिर्ता पठाए । लगत्तै कम्पनी सरकारले नेपाललाई २५ दिनभित्र बुटवल र स्यूराज छाड्न धम्कीसहित पत्र पठायो ।

    कम्पनी सरकारको पत्रसँगै नेपालमाथि कि बुटवल–स्यूराज छोड्ने कि त युद्धका लागि तयार हुनुपर्ने चुनौती आइलाग्यो । यस विषयमा भारदारीसभाको बैठकले स्वाभिमान रक्षाका लागि अँग्रेजसँग युद्ध लड्ने निर्णय ग¥यो । नेपालले बुटवल–स्यूराजमाथि इष्ट–इण्डिया कम्पनीको सम्भाव्य आक्रमण प्रतिकारका निम्ति पाल्पाका गभर्नर अमरसिंह थापा (साना)लाई निर्देशन दियो ।

    साथै नेपालले गभर्नर वारेन हेस्टिङ्सलाई २५ दिने पत्रको जवाफसमेत पठाएको थियो । तर, पत्र हेस्टिङ्स कहाँ नपुग्दै कम्पनी सरकारले बुटवल र स्यूराजमा सैन्य चौकी खडा ग¥यो । नेपालले तत्काल त्यसको प्रतिकार गरेन । पछि १८१४ जुन ८ का दिन नेपाली सेनाले बुटवल–स्यूराजमा रहेका अँग्रेज सैन्य चौकीमाथि आक्रमण ग¥यो । नेपाली सेनाको कारबाहीमा १८ जना अँग्रेज सेनाले ज्यान गुमाए । ६ जना घाइते भए । कम्पनी सरकारका लागि नेपालमाथि युद्ध थोपर्ने यो नै गतिलो निहुँ बन्यो । नेपालले कम्पनी सरकारसँग वार्ता गर्न चन्द्रशेखर उपाध्यायलाई सन् १८१४ अक्टोबरमा कलकत्ता पठाएको थियो । तर, उपाध्याय कलकत्ता नपुग्दै गभर्नर वारेन हेस्टिङस्ले सन् १८१४ नोभेम्बर १ का दिन नेपालविरुद्ध युद्धको घोषणा गरे ।

    खासमा युद्धको घोषणा गर्नु ११ दिनअघि नै कम्पनी सरकारले नेपालको पूर्वदेखि पश्चिमसम्म सेना तैनाथ गरिसकेको थियो । जनरल मार्लोको नेतृत्वमा ६ हजार सेना मकवानपुर हुँदै काठमाडौँ हान्न अघि बढेको थियो । मेजर जनरल टी. ऊड ३५ सय सेना लिएर पाल्पा आक्रमणका लागि आएका थिए । जनरल जिलेस्पीलाई ४३ सय सेनासहित गढवाल–नाहानमाथि कब्जा गर्ने जिम्मेवारी दिइएको थियो । ८ हजार सेनाको कमाण्ड सम्हालेका ब्र्रिगेडियर जनरल अक्टरलोनी क्योथल, कहलूर क्षेत्र नियन्त्रणका लागि अघि बढेका थिए । मेजर लेटरलाई १५ सय सेना लिएर पूर्वी नेपालमाथि आक्रमणको जिम्मा दिइएको थियो । करिब ३० हजार बढी अँगे्रज सेनासँग लड्ने नेपाली सेनाको संख्या केवल १२–१४ हजारको हाराहारीमा थियो । आधुनिक हतियारले सुसज्जित अँग्रेज सेनासँग परम्परागत हतियारका भरमा लड्नु नेपाली सेनाका लागि कम चुनौतिपूर्ण थिएन । तैपनि वीर पुर्खाहरुबाट अँग्रेजको डटेर सामना भयो ।

    नेपाल–अँग्रेज युद्ध चर्कदै गयो । नालापानी, मलाउँ, काँगडा, देउथलमा भीषण सङ्र्घष हुँदै थियो । केन्द्रले कुमाउ, गढवाल र काँगडामा थप सेना र हतियार पठाउन सकेन । बिजित प्रदेशबाट आशातित सहयोग भएन । देउथलमा ७० वर्षीय भक्ति थापाले वीरगति प्राप्त गरे । हस्तीदल शाहीले रणभूमिमै आहुती दिए । बलभद्र कुँवर नालापानी किल्लाबाट बाहिरिनु प¥यो । रौतहट, बडहरवामा ७५ वर्षीय सरदार परशुराम थापाले शहादत प्राप्त गरे । यसैबीच १८१५ अप्रील २८ का दिन अल्मोडामा चौतरिया बम शाह कर्नल गार्डनरसँग सम्झौता गर्न पुगे । यी घटनाबाट नेपाली सेनाको मनोबलमा ह्रास आउन पुग्यो । १८१५ मे १५ मा बडाकाजी अमरसिंह थापा र डेभिड अक्टरलोनीबीच एक समझदारीपत्रमा हस्ताक्षर भई युद्धविराम भयो ।

    < लेखक- रतन भण्डारी<युद्ध विरामपछि सन् १८१५ डिसेम्बर २ मा कम्पनी सरकारका तर्फबाट पी. ब्राड शाले नेपालसमक्ष ‘शान्ति तथा मैत्री सन्धि’को प्रस्ताव पेश गरे । प्रस्तावित सन्धिको धारा २ मा नेपालले युद्ध अघिका विवादित क्षेत्र माथिको दाबी त्याग्नुपर्ने, धारा ३ मा नेपालले काली र राप्ती, राप्ती र गण्डक, गण्डक र कुशाहा (कोशी), मेची र टिष्टा नदी बीचको सम्पूर्ण समथल भूभाग तथा मेची पूर्वका पहाडी भाग र नागरी किल्ला सन्धिमा हस्ताक्षर भएको ४० दिन भित्र खाली गर्ने, धारा ४ मा परित्याग गरिएका भूभागका कारण नेपाल राज्यका प्रमुख तथा भारदारहरूले सहनुपर्ने क्षतिको बदलामा कम्पनी सरकारले वार्षिक २ लाख रुपियाँ निवृत्तिभरण दिने, धारा ५ मा नेपालका राजा र उनका उत्तराधिकारीले महाकाली पश्चिमको भूमि र बासिन्दासँगको सम्बन्ध त्याग्ने, सन्धिको धारा ६ मा सिक्किमसँगको विवादमा नेपालले कम्पनी सरकारको निर्णय मान्नुपर्ने, धारा ७ मा कम्पनी सरकारको अनुमति विना यूरोपियन–अमेरिकी नागरिकलाई नेपाल सरकारले आफ्नो सेवामा राख्न नपाउने र धारा ८ मा काठमाडौँमा ब्रिटिश स्थायी प्रतिनिधि राख्नुपर्ने लगायतका प्रावधान थिए ।आफूप्रतिकूलको प्रस्तावित सन्धि नेपालले ठाडै अस्वीकार ग¥यो । ठूलो भूभाग त्याग्नुको सट्टा युद्ध लड्ने निर्णयमा नेपाल पुग्यो । युद्धमा नेपालले चिनियाँ सहयोगको अपेक्षा राखेको थियो । तर, ल्हासास्थित चिनियाँ ‘अम्बान’हरूले नेपालको अनुरोधलाई केन्द्रसम्म नपु¥याउँदा चिनियाँ सहयोग प्राप्त भएन । त्यस अघिका युद्धका कारण नेपालको आर्थिक अवस्था जरजर थियो । हातहतियार तथा सेनाको तलब सुविधा जुटाउन मुस्कील भइरहेको थियो । सुदूरपश्चिम मोर्चामा रहेको सेना छिन्नभिन्न अवस्थामा थियो । यही बाध्यतावश नेपाल प्रस्तावित सन्धिका आधारमा वार्ताका लागि तयार भयो । फलतः सन् १८१५ नोभेम्बर २२ का दिन गजराज मिश्र र चन्द्रशेखर उपाध्याय र कर्नल ब्राड शाले ‘सुगौली’मा आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै सन्धिमा हस्ताक्षर गरे । सन्धि १५ दिनभित्र अनुमोदन गराउने बाचासहित गजराज मिश्र काठमाडौँ फर्के । सन्धिप्रति नेपालले फेरि असहमति जनायो । सन्धि अनुमोदनका लागि छुट्याइएको १५ दिन जानाजान गुजा¥यो । सोही निहुँमा जनरल अक्टरलोनीले फेरि युद्धको धम्की दिए । नेपालले अक्टरलोनीको धम्कीको बेवास्ता ग¥यो । त्यसपछि सन् १८१६ फेब्रुअरीमा २० हजार सेनालाई चार भागमा बाँड्दै अक्टरलोनी आफैँ काठमाडौँ हान्न भिच्छाखोरी (हाल अमलेखगञ्ज) आइपुगे । सन् १८१६ फेबु्रअरी २७ मा अँग्रेज सेना मकवानपुरगढीनजीक पुग्यो । त्यहाँ शमशेर राना नेतृत्वको नेपाली सेना र अँग्रेज सेनाबीच भीषण लडाइँ भयो । लडाइँमा ८ सय नेपाली सैनिकले वीरगति प्राप्त गरे । २ सय २२ अँग्रेज सेना मारिए । फेबु्रअरी २९ मा हरिहरपुरमा युद्ध भयो । अँग्रेज सेना त्यहाँबाट अझै काठमाडौँतिर अघि बढिरहेको खबर पाएपछि नेपाल सरकार अँग्रेजद्वारा लादिएको सन्धि मान्न बाध्य भयो ।नेपाल सरकारले वार्ताका लागि प्रतिनिधिलाई पठाउने निर्णय ग¥यो । १८१६ मार्च ४ का दिन गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दिउँसो २ः३० बजे मकवानपुर पुगी कम्पनी सरकारका प्रतिनिधिलाई हस्ताक्षरित सन्धि बुझाए । दुबै पक्षबीच सन्धि आदान–प्रदान भयो । सन् १८१६ अप्रिल १६ मा लेफ्टिनेण्ट कर्नल बायलू कम्पनी सरकारका आवासीय प्रतिनिधिका रूपमा काठमाडौँ आए । सन् १८१६ मार्च ४ मा कम्पनी सरकारलाई बुझाइएको सन्धिमा समेत राजाको लालमोहर थिएन । सन्धिप्रति नेपालको असन्तुष्टि कायमै थियो । सन्धिप्रति नेपालको असन्तुष्टिलाई कम्पनी सरकारले राम्ररी महसूस गरेको थियो । नेपालको असन्तुष्टिका कारण भविष्यमा युद्धको खतरादेखि कम्पनी सरकारले १८१६ डिसेम्बर ८ मा सुगौली सन्धिमा पुनरावलोकन गरी कोशीदेखि राप्ती नदीबीचको समथर भूभाग नेपाललाई फिर्ता ग¥यो । सन्धिलाई नेपाल सरकारले १८१६ डिसेम्बर ११ का दिन अनुमोदन ग¥यो । कम्पनी सरकारले राप्तीदेखि कालीबीचको समथर भूभाग भने फर्काएन । सुगौली सन्धि इष्ट–इण्डिया कम्पनीद्वारा नेपालमाथि जबर्जस्ती लादिएको थियो । सुगौली सन्धि पूर्व नेपालको पश्चिमी सीमा काँगडासम्म पुग्दा कूल क्षेत्रफल ३,६७५७५ वर्ग कि.मि. थियो । संसार चन्द र रणजीत सिंहको संयुक्त फौजसँग नेपाल विजयी हुन नसक्दा नेपालको सीमा सतलज कायम थियो । नेपालको तत्कालीन क्षेत्रफल २,०४,९१७ वर्ग कि.मि. थियो । सुगौली सन्धिले नेपाललाई मेची र महाकालीबीचको १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफलमा खुम्च्यायो । यूरोपेली तथा अमेरिकी नागरिकलाई सेवामा राख्दा कम्पनी सरकारको अनुमति लिनुपर्ने र सिक्किमसँगको विवादमा कम्पनी सरकारको मध्यस्थता चाहिने जस्ता प्रावधानले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उब्जाएको थियो । सन्धिले कम्पनी सरकारका स्थायी प्रतिनिधिलाई नेपालमा बस्ने छूट दियो । कम्पनी सरकारका आवासीय प्रतिनिधिले काठमाडौँमा अड्डा जमाएसँगै आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप, दरबारिया षडयन्त्र र भारदारहरूबीच शक्ति सङ्घर्ष शुरु भयो । सन्धिमा सघाएबापत चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले भने कलकत्ता, काशी र काँगडामा थुप्रै चल–अचल सम्पत्ति हात पारे । चन्द्रशेखर उपाध्यायलाई कम्पनी सरकारले मुजफ्फरपुरस्थित कर्नुलमा ३६ मौजा उपलब्ध गराएको थियो । उपाध्यायले भारतमा आफ्ना सन्तान दरसन्तानलाई मजिष्ट्रेट पद सुरक्षित गराएका थिए । चन्द्रशेखरका नाती गोपालप्रसाद र गोपालप्रसादका छोरा भारत स्वतन्त्र हुँदासम्म त्यहाँ मजिष्ट्रेट थिए । गजराज मिश्रले कलकत्ताको दमदममा सम्पत्ति पाएका थिए । कम्पनी सरकारले बनारसको दुर्गा कुण्ड र पटनाको हाल गान्धी मैदाननजीकको क्षेत्रलाई गजराज मिश्रको सम्मानमा “मिश्र–पोखरा” नामाकरण गरेको थियो । तर, सुगौली सन्धिका कारण देश एक तिहाइ भूभाग गुमाउनु परेको थियो । मार्च ४को दिन नेपालले इष्ट इण्डिया कम्पनीद्वारा जबर्जस्ती लादिएको सुगौली सन्धिमा बाध्यतावश औपचारिकरुपमा हस्ताक्षर गर्दै देशको एक तिहाइ भूभाग गुमाउनुपरेको कालो दिन हो ! भण्डारीको पुस्तक लिम्पियाधुरा–लिपुलेक सीमा अतिक्रमणबाट

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य