मेनपावरको ठगीमा परी धन कमाउन साउदी पुगेका युवा घर, न घाटका भए

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, असार ६, २०७४

    उदयपुर, असार ३ धन कमाएर परिवारलाई सुन्दर संसारमा राख्ने सपना देखेर साउदी पुगेको एक युवा घर न, घाटको भएका छन । साउदी जाँदै गर्दा मेनपावरको गठीमा परेका जिल्लाको त्रियुगा नगरपालिका १३ असारीका २४ वर्षे युवा तेजबहादुर कटुवाल साउदी यात्राले घर न, घाटको भएका हुन । धन कमाउने काम पनि पाएनन, बरु उल्टै रोगले थलिएपछि उपचारबाट बञ्चित हुनुपरेको छ ।

    गएको बैशाख ६ गते साउण्डलाई रिकुमेन्ट सर्भिसेस प्रालि काठमाण्डौ सिनामंगल नाम रहेको मेनपावरबाट साउदी उडेका कटुवाल यतिवेला मर्नु न बाँच्नु भएका छन । मोटो रकम एजेन्टलाई तिरेर साउदीमा गएको छोराले काम पनि नपाएको र गएको २५ दिनमै प्यारालाइसिस रोग थलिनु परेको बुबा गजकेशर कटुवालले बताए । ‘एक लाख ७० हजार नगद गाईघाट बजारकै नेत्र सुव्वा लिम्बुको श्रीमति रेस्मा लिम्बु खत्रीलाई तिरेर साउदी पठाएको हुँ,’ बुबा गजकेशले भने,

    ‘साउदी पुगेपछि छोराले काम पनि पाएन, आधा शरिर चल्न नसक्ने रोग लाग्दा पनि म्यानपावरले न फिर्ता ल्याइदियो,’ नउपाचार नै गरिदियो ।’ धन कमाउने आशमा साँुहसँग ऋण लिएर विदेश पठाएको छोरो उत्तै मृत्यु हुने हो कि भन्ने चिन्ता बुबालाई छ । ‘ऋण लिएर साउदीको पुगेको छोरोले २५ दिनसम्म पनि काम पाएन, रोग थलिएको छरे नेपाल ल्यउन पाए हुने थियो, बुबा गजकेशरले भने ।

    छोरो फिर्ता ल्याउन गजकेशर अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति अन्र्तगतको बैदेशिक रोजगार परामर्श केन्द्र (सामी परियोजना) धाउने गरेका छन । ‘साउदी जानको लागि १० हजार मात्र भए पुग्ने रहेछ,’ जिल्ला समन्वय समितिमा शुक्रबार दिउँसो भेटिएका गजकेशलरले भने, ‘स्थानीय स्तरमा म्यनपावरका एजेण्ट नेत्रले कसैलाई नभन्नु भन्दै एक लाख ७० हजार लिएर कुनै कागजात दिएनन्, अव पैसा पनि डुब्ने भयो, छोरो पनि उतै मर्ने हो की भन्ने डर छ ?

    गजकेशर छोरोलाई फिर्ता ल्याउनको लागि विभिन्न निकायसँग हारगुहार गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन । ‘छोरोलाई पिर्ता ल्याइदेउभन्दा एजेण्ट नेत्रले एक हप्ता भित्र ल्याइदिने भन्दै आशवाशन दिदैँ आएका छन । ‘मेरो छोरोलाई कहिले ल्याइदिने भन्दा गुण्डा लगाएर मार्ने धम्की समेत नेत्रले दिन्छन, आँखाभरी आँशुका धार पार्दै गजकेशरले गुनासो गरे, जति पटक छोरोलाई ल्याइदेउ भनेर भन्छु, गजकेशले भने, ‘हुन्छ मात्र भन्ने जवाफ नेत्रको आँउछ । सामीपरियोजनाको कार्यकक्षमा थाहाबरसँगको कुराकानीमा प्रहरी, पत्रकारलाई जानकारी दिए कुटने र मार्ने धम्की समेत दिएकाले जिल्ला प्रशासन कार्यालयमा जिउज्याको लागि शान्ति सुरक्षा पाउन भनेर निवेदन दिएको बताए ।

    यता नेत्रको नीजि नम्वर ९८१८९०२८६७ मा दर्जन पटक सम्प्र्क गर्दा पनि सम्पर्क हुन सेकेको छैन । नेत्रकी श्रीमति रेस्माले श्रीमान नेत्रले नेपाल ल्याउनको लागि वैदेशि रोजगार विभिाग धाईरहेको बताईन । ‘उहाँ नेपाल फिर्ता ल्याउने तयारीमा काठमाण्डौ मै हुनुहुन्छ,’ उनले पनि थाहाखबरको कुराकनीमा भनिन्, ‘एक हप्ता भित्र ल्याउने तयारीमा छांै, तर, हामीले एक लाख ५ हजार मात्र पैसा लिएका छौ ।’ सामी परियोजना उदयपुरकी प्रमुख सोनाम राईले कानुनी रुपमा कटुवालबाट नेत्रले एकलाख ५० हजार बढी गठी गरेको बताईन ।

    ‘कानुनको प्रक्रियामा गएर भएपनि रोगी तेजबहादुरलाई ल्याउन सकिने र गठी गर्ने नेत्रलाई कानुनी कारवाही गरी क्षतिपुर्ती दिलाउन सहयोग गर्ने छौ’ राई भनिन्, ‘स्थानीय एजेन्टको कारण धेरै उदयपुरे युवा ठगिएको गुनासो आउने गरेको छ,’ स्थानीय एजेन्टले कसैको कागजात लुकाईदिने, अनि कसैलाई धम्की दिने गुनासो जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सामी परियोजनामा दैनिक रुपमा भीड् लाग्ने गरेको देखिन्छ । काठमाण्डौमा रहेका मेनपावर व्यवसायीले उदयपुरको कटारी, गाईघाट, बेलटार लगायतका क्षेत्रमा सान कार्यलय खोलेर बसेका छन । गाँउबाटै वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिने गरेका छन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य