विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेका छन् त्यसैले कमजोर नसोचौ नत्र फेरी अर्को ज्वाला फर्किन सक्छ : बाबुराम भट्टराई

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन २२, २०७५

    २२ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् ।
    विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्नेतर्फ सचेत गराए ।

    ‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन् । यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु’ उनले भने ।

    विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पारिराख्न भने सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि पुर्‍याउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामर्थ्य राख्छन् ।’

    भट्टराईले विप्लव समूहसँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    पार्टी एकीकरण भयपछी समाजवादी पार्टीले मुख्य मुख्य शहरमा आमसभा गर्दै

    काठमाडौं । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष...

    बालुवाटार जग्गा प्रकरणमा सभापति देउवा भए पनि छोडिन्न : नेता पौडेल

    गाईघाट । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताएका छन् । प्रेस युनियन उदयपुरले शुक्रबार बिहान उदयपुर जिल्लाको...

    आज प्रधानमन्त्री के.पी ओली भियतनाम प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका...

    साईलो त्यसै जन्मिएको सृजना हैन :लोक गायक बिक्रम राना

    कमल सरगम -काठमाण्डौ नेपाली लोक संगीतलाई पढेर आउने कलाकार कमै छन त्यहि भित्र पर्छन बिक्रम राना।उनले गाएको पछिल्लो समयको चर्चित भाका हो ‘साइलो’।शिब हमाल संग उनले पहिलो सहकार्य गरेका हुन्।प्युठानको हंसपुरमा जन्मिएका राना हाल...

    ‘मेरो सरकार’ले मदन भण्डारीको हत्यारा खोज्न सक्छ ?

    ‘अहिलेनेपाली कांग्रेसका नेता बालकृष्ण खाणले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। हाँस्यकलाकारले देश चलाइरहेका छन्। हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गए,’ काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय...

    प्रकाश सपुतको लुरुरु सालको पात संग मिल्दा मौन सस्था,किन बोल्न चाहेनन् सम्बन्धित कलाकार?पढ्नुहोस

    कमल सरगम।लोक गीत भनेको सिंगो मातृभूमिको एक सान्तन हो।लोक गीत नेपालीहरुको एक सस्कृति र सस्कार बोक्ने धार हो।हामी गीत संगीतबाट मनोरंजन मात्रै लिदैनौ गीत संगीतको भावमा पनि डुब्ने गर्दछौ।कतिपय गीतहरु बास्तबिक कथा व्यथामा जोडिएको...

    बिहेको ५ बर्ष पछि धमलाकि सासुले खोलिन मिडियामा एलिजाको डिभोर्सको हल्लाको बास्तबिकता?भिडियो कुराकानी

    पत्रकार ऋषि धमलाको डिभोर्सको बास्तबिकता एलिजाको ममी अर्थात धमलाको सासुआमाले मिडिया मार्फत प्रष्ट पारेकि छिन।केहि समय देखि दैनिक जसो यही बिषयमा समाचारहरु र ट्रोल बन्दै गर्दा यसलाई गलत रुपमा चर्चा गरेको हो या के...

    कसरी भयो संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता ? पढ्नुहोस्

    काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ। सोमबार राजधानीको प्रज्ञा भवनमा यी दलबीच एकता भएको हो। एकता भएसँगै वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले...

    प्रेम गीत ३ मा प्रदिप खड्का र आँचल शर्मा !निर्माता सेन के भन्छन ?

    निर्माता सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार हुन लागेको बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ मा नायिका आँचल शर्मा अनुबन्धित हुने सम्भावना बढेको छ।पर्दशनको मिती समेत बाहिरिसकेको चलचित्र प्रेम गीत-३मा आँचल शर्मा अनुबन्दित हुने...

    कसले र किन गर्दैछ वैशाख २३ गते नेपाल बन्द ?

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको छ ।बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका...