नेपाल आईडल टप ७ को लागि आज भिड्दै रवी ओड : सामाजिक संन्जाल फेसवुकमा भोटको लागि यसरि गरे अपिल

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, कार्तिक २९, २०७५

    काठमाडौं, कार्तिक २९ । नेपाल आइल सिजन- २ सम्पन्न हुन अब धेरै दिन बाँकी छैन । मात्र अब आइडलमा ‘उत्कष्ठ आठ’ प्रतिस्पर्धी बाँकी छन् । सुदुरपश्चिम प्रदेशका एक्ला प्रतियोगी रवि ओड टप ७ प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको सबैभन्दा ठुलो सिंगिङ रियालिटी शो नेपाल आईडलमा उनी यस प्रदेशबाट अहिलेसम्म छनौट हुँदै आएका छन् । कञ्चनपुरको कृष्णपुर घर भएका रविको अहिलेसम्मको प्रस्तुति दर्शक श्रोताले धेरै मन पराएका छन् । दर्शकको भोटिङको आधारमा अबको उनको यात्रा तय हुने छ । उनले सुदुरपश्चिम तथा नेपालि गितसंगीतलाई माया गर्ने सम्पूर्ण सवै प्रदेशका सबै शुभ चिन्तकहरुलाई भोटिङ गर्न अनुरोध गरेका छन् ।
    ८ मध्ये एकजनाको यात्रा भोलि (शुक्रबार) समाप्त हुनेछ । योसँगै आइडलमा ‘उत्कृष्ठ ७’ जना रहने छन् ।‘उत्कृष्ठ ७’ मा पुग्नका लागि आज (बिहीबार) आठै जना प्रतिस्पर्धीले प्रस्तुति दिदै छन् । नेपाल आइडलको आयोजकले सार्वजनिक गरिएको ट्रेलरका अनुसार आजको अंकमा सबै प्रतिस्पर्धीले मौलिक गीत गाउँने छन् । उनीहरुले आ-आफ्नो क्षेत्रको मौलिकतामा आधारित गीत गाउने भएका हुन् ।
    उनले आफ्नो फेसबुक पोस्टमा यस्तो लेखेका छन्–

    रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य