राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानलाइ आउन थाल्यो एक हप्तामै १० लाख भन्दा बढी सहयोग !कल्याणकारीकोषको लागि गायक रामकृष्ण बम मल्लबाट ५ लाख हस्तान्तरण

  • -कमल सरगम
  • बुध, मंसिर ५, २०७५

    कमल सरगम -काठमाण्डौ ।हाम्रो मौलिक सस्कृति नेपाली लोक संगीतको संरक्षण सम्बर्धन र यसको निरन्तरताको लागि बिगत लामो समय देखि कलाकारकै हक अधिकारमा लड्दै आएको एक सस्था हो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल।पछिल्लो समय कलाकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हेतुले सस्थाले थालनी गरेको कल्याणकारी कोषमा सहयोग रकम हस्तान्रारण गर्ने क्रम जारि रहेको छ।सोहि क्रममा आज पनि प्रतिष्ठानको जापान शाखामा रहनु भएका चर्चित संगीतकार तथा गायक राम कृष्ण बम मल्लले रु ५ लाख कल्याणकारी कोषलाई सहयोग हस्तान्रारण गरेका छन।

    केहि समय अगाडी जापानमा एकल साँझ गरि उक्त सहयोग रकम जुटाएका थिए मल्लले।उहाकै भाई श्रीकृष्ण बम मल्ल र जापान बाटै आएका डिपी कडेलले सहयोग रकम कल्याणकारी कोषका अध्यक्ष तथा प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझीलाई हस्तान्तरण गरिएको हो।

    प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले संचालन गरेको उक्त कार्यक्रममा बिभिन्न साखा देखि सस्थाका केन्द्रीय सदस्यहरुको पनि बाग्लो उपस्थिति रहेको थियो।सस्थाको भवन निर्माणको कार्यक्रम पनि अगाडी बढिरहेको बेला प्रतिष्ठानले यही साल कल्याणकारी कोषमा एक करोड रकम जम्मा गर्ने अभियानमा आफु लागेको कल्याणकारीकोषका अध्यक्ष दुर्गा रायमाझीले लालीगुराँस डटकमलाइ जानकारी दिएका थिए।हाल सम्म ८० लाख ९ हजार भन्दा बढी रकम जम्मा भएको कल्याणकारीकोषमा हाल सम्मै सबै भन्दा बढी सहयोग यही हप्ता लगातार प्राप्त भएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले जानकारी दिनुभयो।

    सोहि क्रममा आफ्नो दाईले गरेको सहयोगको सम्मान गर्दै चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले भने ‘आफु पनि यहि सस्थामा रहने चाहना रहेको र हाल मेरै दाईले यसरी दोहोरीको संरक्षणमा इँटा थप्ने काम गर्नु भएको छ।दाईको सहयोगले सिंगो परिवार मात्रै नभएर सिंगो लोकपाराखिहरुलाइ पनि खुसि दिलाएको छ’।

    सस्थामा केहि दिन अगाडी युरोप साखबाट रु ५ लाख ८१ हजार ५ सय सहयोग रकम प्राप्त भएको थियो।उक्त रकम पनि दुर्गा रायामाझिकै हातमा हस्तान्तरण गरिएको थियो। २०६४ सालमा सुचारु गरिएको उक्त कल्याणकारी कोषमा छोटो समयमै यति धेरै सहयोग रकम आउनु र आफ्नै पालामा आफुले चलेको अभियान सफल हुन लागेको भन्दै रायमाझीले खुसि व्यक्त गर्नुभयो।सस्थाको भवन सिलान्यास भने मङ्सिर तेश्रो साता भित्र प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लालीगुराँस डटकमलाई जानकारी दिनुभयो।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य