श्रीमतीलाई निद्रा लागेन भने बुझ्नुस् यस्तासम्म हुनसक्छन् कारण

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    एक युवती जब बिहे गरेर जान्छिन्, तब उनका आँखामा हजारौं सपना र चाहना रहन्छन्। जब यो सपना वास्तविकतामा पूरा नभएर चकनाचूर हुन लाग्छ निद उड्न थाल्छ । निदको कमीले गर्दा कतिबेला माया र सम्बन्ध कतिखेर गायब हुन्छ भन्ने नै थाहा हुँदैन।

    महिलाका लागि निद्रा नलाग्नु या निद्रा पूरा नहुनु सवेंदनशील कुरा हो । अधुरी निद्राले घरपरिवारमा समस्या समेत पैदा गर्ने गर्छ । मनोवैज्ञानिक आधारलाई आधार बनाउने हो भने जब श्रीमतीलाई राम्रोसँग निद्रा लाग्दैन, त्यसको दोस्रो दिन पति पत्नीबीच झगडा हुने गर्छ।

    कारण यस्ता छन्ः

    भावुकताः भावुकता मान्छेलाई निद्रा नलाग्नेको एउटा महत्वपूर्ण कारण हो । महिला चाहे हाउसवाइफ होस् या चाहे वर्किङ, महिलाले धेरै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । उनलाई घर, अफिस, परिवार, बच्चा सबैको ख्याल गर्नुपर्ने हुन्छ । निद्रा नलाग्नुको एउटा कारण हो कि, थोरै समयमा धेरै काम गर्नुपर्ने वाध्यता । बिहेपछि महिलाले आफ्नो बारेमा भन्दा परिवारको लागि सोच्न थाल्छिन्।

    असुरक्षित महसुसः यदि महिला आफ्नो श्रीमानसँग सुरक्षित महसुस गर्दिनन् भने उनलाई निद्रा लाग्दैन । कुनै परिस्थितिमा श्रीमान साथै भएर पनि बात नहुने स्थिति भयो भने उनलाई असहज हुने गर्छ । कुराकानी नहुँदा पनि महिलाको निद्रा हनन हुने गर्छ । मतभेद गहिरो हुँदाका साथ श्रीमानसँग निकटता कम हुन लागेपछि महिलालाई असुरक्षित महसुस हुने गर्छ । जसले उनीहरु सुत्न सक्दैनन्।

    सेक्सुअल सेटिस्फेक्सनः सन्तुष्टिले पनि महिलाको निद्रामा महत्वपूर्ण भूमिका निभाएको हुन्छ । कुनै समय कामको व्यस्तताले पति पत्नीबीच सम्बन्ध हुन पाउँदैन । थकानले पनि शारीरिक सम्पर्क नहुने स्थिति आउँछ । जब यस्तो खालको स्थितिको सृजना हुन्छ, तब महिलालाई सम्बन्धको दूरी टाढा भएको महसुस हुन्छ । श्रीमानको पूरै माया नपाउने भयले पनि पत्नीको निद्रा लोप हुने गर्छ।

    समाजः महिलाको धेरैजसो चाहना उनको घर र श्रीमानसँग टिकेको हुन्छ । घरमा पूरा नभएपछि उनीहरुलाई फिक्का महसुस लाग्न थाल्छ । सामाजिक स्थिति पनि बनेको हुँदैन । महिला केवल घर र छोराछोरीमा सीमित हुन्छन् । यसले गर्दा कुरा शेयर गर्नका लागि आफ्ना साथी पनि बनाएका हुँदैनन् । यस्ता कारणले पनि निद्रा कम बन्ने गर्छ।

    मानसिक दबाबः महिलालाई घरमा बढी प्रेसर दिँदा पनि निद्रा नलाग्ने कारण बनेको हुन्छ । घर परिवारले दिने अनावश्यक समस्याले पनि महिलामा निद्रा नलाग्ने समस्या आएको हुन्छ । उनीहरुलाई आफ्ना बुवाआमा एक्लिने हुन् कि भन्ने चिन्ता पनि रहने गर्छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य