हात्तीपाईले बाट बच्न घरैमा यस्तो १७ तरिका हरु – पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन २, २०७४

    काठमाडौं, २ फागुन– हात्तीपाईले रोगले मानिसलाई शारीरिक रुपमा अशक्त, अपाङ्ग बनाउँछ । हात्तीपाईले रोग फाईलेरिया परजीवीबाट लाग्ने रोग हो । यो रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्काेमा सर्दछ । हात्तीपाईले भइसकेपछि निको हुँदैन ।

    विश्व स्वास्थ्य संगठनले अपहेलित रोगको रुपमा परिभाषित गरेको हात्तीपाईले सबै मानिसमा लाग्ने सम्भावना हुन्छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यो रोगको जोखिम सबैलाई हुनेहुँदा सरकारले यसको नियन्त्रणको लागि सन् २००३ देखि नै अभियान चलाएको छ । हात्तीपाईले रोग नलागोस् भनेर नेपाल सरकारले हात्तीपाईले रोग निवारणको लागि हरेक वर्ष राष्ट्रिय आम औषधि सेवन कार्यक्रम नै संचालन गर्ने गरेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण मार्फत रोगको जोखिम रहेका जिल्लाहरुमा प्रत्यक वर्ष औषधि अभियान संचालन गर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले बताए । उनका अनुसार यस वर्षपनि आगामी फागुन १२ देखि १४ गतेसम्म २४ जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम गर्ने तयारी गरिएको छ ।

    ‘हामीले हात्तीपाईले हुनै नदिने उपायहरु अपनाउनु पर्ने हुन्छ । हात्तीपाईले रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले हात्तीपाईले रोगको जोखिम सबैलाई हुन सक्छ ’ डा.विवेकले भने ।
    हात्तीपाईले रोगले मानिसलाई शारीरिक रुपमा अशक्त, अपाङ्ग बनाउँछ । हात्तीपाईले भएका मानिसको खुट्टा यौनांग, स्तन सुनिने समस्या देखिन्छ । जसको कारण बिरामीको जीवन कष्ठकर बन्छ । हात्तीपाईले भएका बिरामीलाई सहज जीवनयापनको लागि विभिन्न विधिहरु हुन्छन् । हात्तीपाईले भएका धेरै मानिसमा एक वा दुवै खुट्टा सुनिन्ने हुनसक्छ । सुन्निएको खुट्टामा विभिन्न किसिमका संक्रमणहरु हुने हुदा हात्तीपाईले भएकाहरुले खुट्टाको उपचार विधि अपनाउनु पर्दछ ।

    हात्तीपाईले खुट्टाको घरमै उपचार गर्ने १७ तरिका

    हात्तिपाईले भएको खुट्टा र स्वस्थ खुट्टा विहान र बेलुका गरी दिनमा दुईपटक धुने ।

    खुट्टाधुनलाई साधारण धाराको पानी प्रयोग गर्नुपर्छ ।

    खुट्टालाई तातो पानीले धुनु हुदैन ।

    साधारण नुहाउने साबुनले खुट्टा धुँनुपर्छ ।

    ब्रस, नङ वा यस्तै खस्रो बस्तुको प्रयोग गर्नुहुदैन । यस्ता वस्तुले खुट्टामा घाउ हुन सक्छ र रोगका किटाणुहरु पसी घाउ पाक्न सक्छ ।

    खुट्टाकाऔंलाहरु बीच र दोब्रिएको छाला मुनि नरम कपडाको मद्दतले भित्र सम्म सफागर्नुपर्दछ । सफागरिसकेपछि पानीले धुनु पर्दछ ।

    नरम कपडाले विस्तारै थिचेर छाला पुछेर सुकाउनु पर्दछ ।

    जोडले या खस्रो कपडाले छाला पुछने गरेमा घाउ हुन सक्छ ।

    संक्रमण भएमा व्हाइटफिल्ड मल्हम लगाउनु पर्दछ ।

    काटेको वाकुनै किसिमको घाउचोट भएमा एण्टीसेप्टीक क्रिम (जस्तो बेटाडिन) अथवा एण्टीवायोटिक क्रिम (जस्तो सोफ्रामाइसिन) लगाउनु पर्दछ ।

    समय समयमा नङहरु काट्नु पर्दछ । नङ काट्दा घाउ हुन सक्ने भएको हँुदा होसियार हुनुपर्दछ ।

    काम वा आराम गर्दा सम्भव भएसम्म प्रभावित खुट्टामाथि उठाएर सोझो पारेर राख्ने गर्नुपर्दछ ।

    खाटमा सुत्दा हात्तिपाईले भएको खुट्टातिरको खाट मुनी दुई वटा इट्टा राखीमाथि उठाउनु पर्दछ अथवा खुट्टातिरको विछौना मुनी दुई वा तीन तकिया राखीमाथि उठाएर खुट्टाहरु राख्नु पर्दछ ।

    क्रेप बाण्डेज खुट्टा र पैतला छोपिने गरी राम्रोसँग लगाउनु पर्छ ।

    राति सुत्नजानु अघि ब्याण्डेज खोल्नु पर्दछ ।

    खुट्टामा घाऊ भएको वा रातो भई सुत्रिएको छ भने ब्याण्डेज लगाउनु हँुदैन ।

    सजिलो खालको जुत्ता ÷चप्पललगाउनु पर्दछ ।

    सम्भव भएसम्म खुट्टालाई दायाँबायाँ गरी घुमाउने र तलमाथि गरी उचालेर साधारण तरिकाले व्यायाम गर्नुपर्दछ ।
    lokaantar बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य