फिलिपिन्समा पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, बैशाख १०, २०७६

    बैशाख । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । यसैबीच, सोमबारको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ ।

    राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । उक्त शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ । अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन् । राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५.७ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरु भत्किएको स्थानीय अधिकारीले बताएका छन् ।

    शहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताउनुभएको छ । साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उहाँले बताउनुभयो । यो समाचार राजधानी दैनिक मा छ

    यसमा तपाइको मत

    ट्वीटर

    अन्तराष्ट्रिय प्रवास बाट अन्य

    भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु

    काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् । भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि...

    बम विस्फोट, मृतकको संख्या १३७ पुग्यो

    ८ वैशाख, काठमाडौं । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएका छन् । आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च...

    ८५० वर्ष पुरानो चर्चमा आगलागी

    ३ वैशाख, काठमाडौं । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।...

    भारतमा आजबाट लोकसभाको निर्वाचन शुरु

    काठमाडौं, २८ चैत । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान सुरु भएको छ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    फ्लुको प्रकोपले गयो फ्रान्समा २८०० को ज्यान !!!

    १० फागुन, काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८...

    अमेरिकाले आफ्नो शक्तिको प्रयोग गर्दै संकटकाल घोषणा

    काठमाडौँ । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा भइरहेका छन्। के हो...