वैदेशिक रोजगारीमा जाने महिला घटे: यस्ता छन् तीन कारण


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर ७, २०७४

    काठमाडौँ – वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैन।

    गत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो। रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य