किन यस्तो अशिष्ट भाषा प्रयोग गरे ट्रम्पले ?


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, पुस २८, २०७४

    बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवाससम्बन्धी एउटा सम्झौताको प्रस्ताव खारेज गर्ने क्रममा हेइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेका छन्।

    ह्वाइट हाउसमा सांसद्हरूसँग भएको बैठकका क्रममा ट्रम्पले किन ती देशका मानिसहरूलाई आफ्नो देशमा आउन दिनुपर्‍यो भनी प्रश्न गरेका थिए।

    अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट शब्दले कतिपय सांसद्हरूलाई नै चकित पारेको बताइएको छ।

    उनले हेइटी, एल् साल्भाडोर र अफ्रिकी देशविरुद्ध नराम्रो शब्द प्रयोग गर्दै त्यहाँका भन्दा बरु नर्वेका मानिसहरूलाई आफ्नो देशमा लिँदा हुने बताए।

    प्रयास

    वासिङ्टन पोस्ट पत्रिकाका अनुसार रिपब्लिकन र डेमोक्रेटिक सांसद्हरूलाई ट्रम्पले ुकिन हामी यी काम नलाग्ने देशका मानिसहरूलाई यहाँ आउन दिनेरुु भनी प्रश्न गरेका थिए।

    उनले त्यसपछि स्पष्ट रूपमा ुकिन नर्वेजस्ता देशका मानिसहरू यहाँ नआउनेरुु भनेका थिए।

    ट्रम्पले यसै साताको शुरूमा नर्वेका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेटेका थिए।

    क्यापिटल हिलका राजनीतिज्ञहरू आप्रवासन सुधारसम्बन्धी दुईपक्षीय सम्झौतालाई पुनस् स्थापति गर्ने प्रयास गरिरहेका छन्।

    आप्रवासी / बन्द कोठा

    अमेरिकामा आप्रवासीको रूपमा अवैध रूपमा ल्याइएका बालबालिकाको कानूनी सुरक्षा पुनस् स्थापित गर्ने प्रयास उनीहरूले गरिरहेका छन्।

    यसै हप्ता ह्वाइट हाउसमा भएको लामो बैठकलाई ट्रम्पले टेलिभिजनमार्फत् प्रसारण गर्न अनुमति दिएका थिए।

    उनले अपमानजनक शब्दहरू भने बन्द कोठामा भएको बैठकमा प्रयोग गरेका थिए।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य