फिल्मी तरिकाले यौन शोषण गर्दै चर्चित अभिनेता,को हुन् ति अभिनेता

  • -लालिगुराश सम्बाद दाता
  • शनि, फाल्गुन २६, २०७४

    मुम्बइ। बलिउड अभिनेता जितेन्द्रमाथि यौन शोषणको अभियोगमा मुद्दा दर्ता भएको छ । उनकी कजिनले केही समय पहिले यौन शोषणको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । अहिले शिमलामा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

    उनकी कजिनले घटनाको ४७ वर्षपछि आरोप लगाउँदै मुद्दा हालेकी हुन् । उनी १८ वर्षकी हुँदा जितेन्द्र २८ वर्षका थिए । त्यतिबेला जितेन्द्रले उनको यौनशोषण गरेका थिए । पीडितले बताएअनुसार उनी १८ वर्षकी हुँदा जितेन्द्रले उनलाई फिल्मको सुटिङ देखाउन भन्दै लिएर गएका थिए । शुटिङ देखाउन लैजाने बहानामा उनले गलत काम गरेको आरोप लगाइएको छ । पीडितले आफ्ना मातापिताले यसबारे थाहा नपाउन् भनेर यति वर्षसम्म चुप रहेको र अब मातापिता जीवित नरहेपछि मुद्दा दर्ता गराएको बताएकी छिन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य