पत्रिकाका सम्पादकसहित ४ जनाको हत्या,दुई सेनाको टाउको र गर्धनमा गोलि हानि हत्या!

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शुक्र, असार १, २०७५

    असार,१/ भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ । राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

    जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।

    उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य