ट्राफिकको फन्दामा चर्चित मोडल,मलाई छोड्नुहोस् म दिन्छु भने पछी ट्राफिक आफै चकित,को हुन् ति मोडल

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, भदौ २२, २०७५

    भारतमा ट्राफिक नियमको उल्लघंन सामान्य मानिन्छ। यहाँ मानिसहरु पहिला त थाहा पाएरै ट्राफिक नियमको उल्लघंन गर्छन पछि छाति चौडा गरेर ट्राफिक प्रहरीलाई धम्की दिन्छन्। तर भारतमा मात्र होइन, विदेशमा पनि ट्राफिक नियमका धेरै उल्लघंन हुने गरेको छ। आज हामी तपाइँलाई यस्तो जानकारी दिन गइरहेका छौं जुन सुनेर तपाइँ छक्क पर्नुहुन्छ।

    यो घटना रसियाकी चर्चित इन्स्टाग्राम मोडलको हो। जसलाई ट्राफिक नियम उल्लघंन गरेको अभियोगमा १८ महिनाको जेल सजाय सुनाइएको थियो। मोडलले अदालतमा आफ्नो गल्ती स्वीकार गरेकी थिइन् र माफी पनि मागिन्। मोडललाई सजाय सुनाइएपछि प्रहरी अधिकारी ती मोडलको विषयमा जे खुलासा गरे त्यो सुनेर सबै जना चकित भए।

    ती मोडलले आफूलाई पक्राउ गर्ने प्रहरी अधिकारीका अनुसार मोडलको मर्सडीज कार जब रोकियो तब उनले आफू बच्न विभिन्न बहाना बनाइन्। उनले बहानालाई प्रहरीले अस्वीकार गरेपछि ती मेडलले ती प्रहरी अधिकारीलाई यौन सम्पर्कको प्रस्ताव गरिन्। उनले ती प्रहरी अधिकारीलाई भनिन्, ‘यदि तपाइँले मलाइ छोडी दिनु भयो भने म तपाइँलाई यौन सम्पर्क गर्न दिन्छु।’

    २४ वर्षकी रसियन मोडल कीरा मेयर सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। कीराको इन्स्टाग्राममा लाखौं फलोअर्स छन्। इन्स्टाग्राममा उनी प्राय आफ्ना हट फोटो शेयर गर्छिन्। जब उनले ट्राफिक नियम उल्लघंन गरेपनि प्रहरीले पक्राउ गर्यो तब प्रहरीलाई आफूसँग यौन सम्पर्क गर्न तर पक्राउ नगर्न आग्रह गरिन्। तर प्रहरीले उनको प्रस्तावलाई अस्वीकार गर्दै पक्राउ गर्यो।

    संचारमाध्यमहरुका अनुसार आफ्नो प्रस्ताव अस्वीकार गरेपछि उनले एक प्रहरी अधिकारीमाथि आक्रमणको प्रयासमेत गरेकी थिइन्। कीराले अदालतमा भनेकी थिइन्, ‘म मेरो विरुद्ध लगाएका आरोपप्रति सहमत छु। म प्रहरीसँग माफी माग्न चाहन्छु।एजेन्सी
    DC Nepal Bata Sabhar,

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य