१० वर्षे छोरालाई ट्याटु खोपाएपछि आमा पक्राउ !(भिडियोसहित)

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, अशोज २५, २०७५

    असोज/२५अमेरिकाको ओहियोकी एक आमाले आफ्नो १० वर्षे छोरालाई १६ वर्षका लाइसेन्स नभएका आर्टिस्टमार्फत ट्याटु खोपाएपछि पक्राउ परेकी छिन् । छोराले यसका लागि बारम्बार जिद्दी गरेको र यसबाट आजित भएर ट्याटु बनाइदिएको उनले बताइन् ।

    ३४ वर्षे निक्की डिकिन्शनलाई गत हप्ता बेलेफोन्टाइन, ओहियोमा पक्राउ गरिएको हो । छोराको पाखुरामा ट्याटु बनाउँदै गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेकी हुन् ।

    डिकिन्शनले नै ट्याटु बनाइरहेको फुटेज खिचेकाले उनी भिडियोमा भने देखिएकी छैनन् तर आफ्नो सानो छोरालाई यस्तो गर्न अनुमती दिएको उनले स्विकारिन् । छोराले आफ्नो नामको पहिलो अक्षरको ट्याटु बनाउन बारम्बार जिद्दी गरेपछि आफू यस्तो गर्न बाध्य भएको उनले जानकारी दिइन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य