अमेरिकी राष्ट्रपति ट्रम्पको आयो यस्तो धम्की दिदै भने ,सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन्छु…

  • -लालिगुराश सम्बाद दाता
  • शनि, पुस २१, २०७५

    विपक्षी डेमोक्रयाटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएका छन् ।

    वरिष्ठ डेमोक्रयाट नेताहरूसँग भएको वार्तापछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताएका हुन् ।

    मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताएका छन् ।

    मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ ।

    गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिदै आएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य