गित संगीत न सुन्ने मान्छे पशु समान हुन्छ – डेउडा गायिका चादनी मल्ल


  • -लालिगुराश सम्बाद दाता
  • शनि, भदौ १०, २०७४

    नेपाली लोक डेउडा गायन क्षेत्रमा चम्कदै गरेको अर्को नाम हो – चांदनी मल्ल । को होई रानिबन घसारी, पराईको सिन्दुर, रानिबन ऐसेलु झुल जस्ता दर्जनौ गितमा स्वर दिइसकेकी मल्लको “सुदुर पश्चिम स्वर्ग सरि” गितले निकै चर्चा परिचर्चा पायो ।

    शुदुरपश्चिम तथा मध्यापश्चिमको कला संस्कृती र पहिचान बचाउनको लागि बिगत १५ वर्ष देखि नै गित संगीतमा संघर्षर्त मल्ल टि भि टुडेमा कार्यक्रम बाडुल्ली चालाउदै आएकी छन । उनीसंगै गरेको अन्तरंग कुराकानी :

    पेशाले के गर्नु हुन्छ ।
    पेशा ले TV Today मा सु प को कला साहित्य,गित संगीत लाई परिचित गराउने कार्यक्रम “बाडुल्लि” कार्यक्रम प्रस्तोता तथा सास्कृतिक संस्थानमा गायिका को रूपमा कार्यरत छु ।

    कति भयो संगित क्षेत्रमा लाग्नु भएको ।

    यो क्षेत्रमा औपचारिक रुपमा लागेको १५ बर्ष भयो ।

    गित संगित क्षेत्रमा कसरी आउनु भयो ।
    मैले एस एल सि पास गरे पछि प्रविधिक विषय एग्रोभेड लिएर तीन बर्ष सेती प्रविधिक शिक्षालय दिपायलमा अध्यायन गरि सके पछि काठमाण्डौ आई ए पढ्ने क्रममा पद्द्मकन्या क्याम्पस बागबजारमा एच्छिक बिषयको रुपमा सगित रोए । त्यो भन्दा पछि औपचारिक रुपमा संगित क्षेत्रमा प्रवेश गरेकि हौ ।

    जिवनमा गित संगित किन आवश्यक छ ।
    हरेक मानिसको जिवनमा संगितको ठूलो महत्व हुन्छ । जिवनमा संगितको कति आवश्यक कति हुन्छ भनेर पनि एकिन गर्न सक्ने कुरा पनि होईन । संगीत एउटा यस्तो चिज हो जसले जिवनको जस्तोसुकै बेला मुडमा सहकार्य गरेको हुन्छ ।
    जिवनमा सुखदुःख र समय प्रस्थिती अनुसार प्रस्फुटन हुन्छ । हरेक मान्छे सङ्ग लुकेको भावना हुन्छ जब अन्तरआत्मा देखि भावनामा डुब्छ अनि संगीतमा परिणत हुन्छ । त्यसैले मानिसको जिवनमा संगीतले प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ ।
    भनिन्छ “गित संगीत न सुन्ने मान्छे पशु समान हुन्छ ”

    कति वटा एल्बम निकाल्नु भयो ।
    बिशेष त म आफ्नै सस्कृती डेउडा संरक्षणमा लागिरहेकी छु । डेउडा, तिज दशै तिहार गरेर एक दर्जन भन्दा बढी निकालेकि छु । यसका साथ साथै दुई दर्जन भन्दा बढी गितहरुमा स्वर दिईसकेकी छु ।

    तपाई सञ्चारकर्मी पनि हो यो क्षेत्रमा न आएको भए के बन्नु हुन्थ्यो ।
    हा हा हा … निकै रमाइलो प्रश्न गर्नु भयो । यस बारेमा म के भन्छु भने म पारिवारिक हिसाबले जुन परिवेशमा जन्मे हुर्के त्यो परिवेश त्यो समाज गाउने बजाउने काम कुनै निश्चित समुदायले गर्नु पर्छ भन्ने मानेता राख्ने समाजबाट आएकी हु त्यसैले विभिन्न आरोह अबरोह पार गरेर यो क्षेत्र अंगालेकी हु । म चाहान्थे सु पको कला सस्कृती र साहित्य बाहिर ल्याउन र विश्व भरी छर्न चाहान्थे यसैको कारण म यहाँ सम्म आएकिछु । यदि म संगीतमा न लागेकी भए एग्रोभेट पढेकै थिए । त्येसैलाई सदुपयो गर्थे होला यात कुनै बिजनेस गरेर बस्थे होला । तर गित चाहिँ गाउथे होला यो मेरो शोख र रुचिको बिषय हो ।

    तपाईंको योग्यता चाही ।
    योग्याता मात्रै सोध्नु भयो यसको अर्थ धेरै छ । मेरो बिचारमा तपाईंले शैक्षिक योग्यता सोध्नु भएको होला । मेरो शैक्षिक कुरा गर्दा समाजशास्त्र र मानवशास्त्र बिषय लिएर एम ए गरेकी छु भने संगीत क्षेत्रमा मास्टर डिग्री गर्दै छु ।

    यति धेरै पढे लेखेको मान्छेले किन संगित क्षेत्र नै रोज्नु भयो ।
    एकदमै मेरो मनमा खडकेको कुरा सोध्नु भयो । हेर्नुहोस सामान्य तपाईं हामीले बुझेको संगीत र वास्तविक संगीत फरक छ । पढाइ कमजोर भएका विद्यार्थीले संगीत विषय लिन्छ्न वा डक्टर, ईन्जिनियर, पाईलट पढ्न न सक्ने कलाकार बन्छन भन्ने जुन सोचाइ छ त्यो एकदमै गलत हो । हुन त सबै बिषय कठिन नै हुन्छन् तर संगीत अरु बिषय जस्तो घरमै बसि- बसि अथवा किताब ,ग्यास पेपर पढेर पास गर्ने बिषय होईन । यो गुरु मुखी शिक्षा हो । अरु बिषय जति पढ्यो उति सजिलो हुँदै जान्छ तर संगीत जति बुझ्न कोशिश गर्‍यो त्यति झन गाह्रो र अप्ठ्यारो बिषय हो । तर पनि सबैको प्यारो बिषय हो । सुन्दा आन्नन्द आत्म सन्तुष्टि दिने क्षेत्र हो सायद अरु कुनै क्षेत्र पनि छैनन होला । मलाई के लाग्छ भने म त भखरै क ख रा सिक्दै गरेकी विद्यार्थी हु । मैले सामान्य पढेकी छु यति धेरै पढेको भन्दा अप्ठ्यारो लाग्दो रहेछ ।
    आत्म सन्तुष्टि समाज परिवर्तन र बिशेष गरि आफ्नो भाषा सस्कृती र कला साहित्यलाई केही भए पनि योगदान दिन सकिन्छ भनेर हाम्रो पहिचान र डेउडा सस्कृतिलाई उच्च राख्नकै लागि म यस क्षेत्रमा लागेकि हु । जसको फलस्वरूप हाम्रो सस्कृती छायामा पर्ने छैन ।

    प्रसङ्ग बदलौ,बिहे भैसक्यो पारिवारिक जिबनमा बाधिनु भएको कति भयो ।
    उम्म ! त्यस्तै १५ बर्ष भयो । २०५९ सालमा कलाकार तथा संञ्चारकर्मी शङ्कर सिह बिष्टसंग मेरो विवाह भयो ।

    भने पछि पति दृघायुको लागि यो बर्ष पनि तिजमा व्रत लिनु भायो ।
    मैले विवाह नहुनू भन्दा पहिले पनि तिजको व्रत लिएकै थिए विवाह पछि पनि तिजको व्रत बसेकै छु । म हाम्रो सामाजिक संस्कारलाई आत्मसात गर्छु । हिजो पनि व्रत बसेकै हो आज पनि बस्छु र भोलिका दिनहरुमा पनि बस्नेछु । तर पानी पनि न खाईकन व्रत बस्दा पतिको दृघायु हुन्छ भन्ने कुरामा म पटकै विश्वास राख्दिन पनि ।

    तिज आजबाट सिधिनै लाग्यो दर खाने कार्यक्रम र साङ्गितिक कार्यक्रम पनि थुप्रो गर्नु भयो होलानी यस वर्ष पनि ।

    हो, दर खाने तथा संगीतक कार्यक्रमहरु थुप्रै थिए । तर बिगत झै यो तिजमा पनि थुप्रै संघ संस्था ,दिदिबहिनी,आमबुवाहरुको निम्ति न आएको पनि होईन तर मैले यो तिजमा कुनै पनि मनोरञ्जन कार्यक्रममा सहभागी भने भैइन ।

    किन, के कारणले तिज र मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुनुभएन ।

    यसपालीको तिज मात्रै हो भाई बाढीपहिरोले देश आक्रान्त छ । तराई मधेश डुबेर मृत्यु भएको बच्चाको लास गाडने जमिन नपाएर नदीमा बगाउनु परिरहेकोछ । यस्तो बेलामा हामी दर खाएर रमाइलो गर्ने भन्दा सोकमा साथ दिने बिचार गरे यहि भएर पनि सहभागी भैइन यसपाली ।

    भने पछि व्रत पनि त बस्नु भएन ।

    भाई रमाइलो तडकभडक र मनोरञ्जन पो यसपाली गरिन । ब्रत नबस्ने भन्ने पनि हुन्छ ।
    दुःखमा हामी सबैले साथ दिनुपर्छ । तिज र दरको नाममा हुने खर्च बाडीपिडितलाई दिदा राम्रो हुन्छ सिंगो समाज आपतमा परिरहेको बेला हामी कसरी रमाइलो गरेर बस्नु सक्छौ ,सोच्नुहोस त ।

    देश प्रती कतिको माया छ ?
    छ, किन नहुनु ,आफ्नो देशप्रति माया न गर्ने मान्छेले आफ्नो जन्म दिने आमालाई पनि माया गर्दैन । मेरो बिचारमा देश भनेको आमा हो आमाको स्थान संसारमा कसैले पनि लिन सक्दैन । देश मेरो मुटु हो ,जहाँ देश छ त्यहा म छु । देशै रहेन भने हामी बाच्नुको अस्तित्व पनि त रहदैन । मलाई मेरो प्राण भन्दा देशको माया बढी लाग्छ ।

    अन्त्यमा के भन्नू हुन्छ ।
    अन्त्यमा मेरा गित संगीतलाई र मलाई माया गर्ने हुने समस्त दाजुभाइ दिदिबहिनी सामु तिता मिठा कुरा राख्ने मौका दिनु भयो त्यसको लागि लालिगुरास डटकमलाई धेरै-धेरै धन्यवाद ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य