तपाई लाई थाहा छ? गूगल हाम्रो बारेमा यी १३ कुरा हरु जान्दछ, हेरौं

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, असार ५, २०७४

    हामी हरु प्रतिदिन गूगल को कयौ प्रकार का सेवाहरु प्रयोग गर्ने गर्छौ जस्तै गूगल सर्च, गूगल क्रोम ब्राउजर, गूगल म्याप , युट्युब, एंड्राइड मोबाइल ऑपरेटिंग सिस्टम, नेपाली किबोर्ड, यी सबै सेवा हरु प्रयोग गर्दै गर्दा गूगल ले हाम्रो बारेमा धेरै कुरा हरु को जानकारी प्राप्त गर्दछ र सबै लाइ सुरक्षित राख्दछ र त्यसै को प्रयोग बाट हाम्रो लागि अनुकुल सुबिधा हरु उपलब्ध गराउने गर्दछ |

    यहाँ हेर्नुहोस गूगल हाम्रो बारेमा केके जानकारी राख्दछ

    1.जो हामी हरु गूगल मा सर्च गर्ने गर्दछौ ––
    अहीले सम्म हामी हरु ले गूगल मा के के कुरा हरु लेखेर खोजेका छौ त्यो सबै किवर्ड हरु र वाक्य हरु गूगल स्टोर मा रहन्छन जसलाई तपाई हरु निम्न link मा गएर हेर्न सक्नु हुन्छ {यो मात्र तपाई हरु लाई मात्र देखाउने छ र गूगल accont मा लोगिन हुनु पर्ने हुन्छ } –https://history.google.com/history/

    2. गूगल मा दिएको व्यक्तिगत जानकारी –
    गूगल एकाउन्ट बनाउदै गर्दा या पछि प्रयोग गर्दै गर्दा जो व्यक्तिगत जानकारी जस्तै फोन नम्बर जन्म मिति, जेन्डर, लाई साझा गर्ने गर्दछौ जसलाई हेर्न को लागि यो link मा जानु होला –https://myaccount.google.com/privacy?pli=1#personalinfo

    3.कुन कुन डीभाइस मा लोगिन गर्नु भएको छ –
    तपाई ले अहिले सम्म मोबाइल, टेबलेट या कंप्यूटर बाट गूगल एकाउन्ट मा लोगिन गर्नु भएको छ यो हेर्न को लागि यो link मा जानु जानु होला- https://security.google.com/settings/security/activity

    4.गूगल को सेवा हरु मा तपाई को गतिबिधि –
    तपाई ले गूगल को अलग अलग सेवाहरु मा आफ्नो एकाउन्ट बाट लोगिन गरेर प्रयोग गर्नु भएको गतिबिधि हेर्न को लागि यो link मा जानु होला –https://myactivity.google.com/myactivity

    5. क्रोम ब्राउजर या एंड्राइड ब्राउजर मा सेभ गरेका पासवर्ड –
    के तपाई ले आफ्नो कम्प्युटर या एंड्राइड मोबाइल मा कुनै पनि वेबसाइट मा लोगिन गर्दा आफ्नो username अथवा password क्रोम ब्राउजर मा सेभ गर्नु भएको छ ? जसलाई तपाई यो link मा गएर हेर्न सक्नु हुन्छ- https://passwords.google.com/

    6. कुन कुन वेबसाइट लाई गुगल एकाउन्ट प्रयोग को स्वीकृति दिनु भको छ –
    हामी हरु धेरे जसो वेबसाइट मा सजिलो का लागि गूगल को माध्यम बाट लोगिन गर्ने गर्दछौ, एस्तो गर्दै गर्दा हामी हरु त्यो वेबसाइट लाइ गूगल संग हाम्रो बारेमा भएको व्यक्तिगत जानकारी जस्तै फोन नम्बर, जन्म तिथि, नाम, जेन्डर. आदि साझा गर्ने गर्दछौ जसको सुची यो link बाट हेर्न सक्नु हुन्छ –https://myaccount.google.com/security#connectedapps

    7. तपाई कुन कुन ठाउँ मा जानु भयो–
    लोकेशन हिस्ट्री – गूगल सेवा को प्रयोग को दौरान हामी गूगल लाइ हाम्रो लोकेसन जान्ने अनुमति दिने गर्दछौ भने अहिले सम्म हामी हरु कहाँ कहाँ गयौ त्यहा को बाटो हरु को जानकारी र लोकेसन को हिस्ट्री हेर्न को लागि यो link मा जानु होला- https://www.google.com/maps/timeline

    8. गूगल को कुन कुन सेवा हरु लाइ प्रयोग गर्नु भयो र उनीहरु संग जोडिएका सबै जानकारी –
    गूगल ड्यासबोर्ड को निम्न link मा तपाई यो जानकरी थाहा पाउन सक्नु हुन्छ कि तपाई ले कुन कुन गूगल को सेवा हरु को प्रयोग गर्दै हुनुन्छ, यहाँ तपाई ति सेवाहरु संग जोडिएका सेटिंग हरु फेर्न सक्नु हुन्छ र ति सेवा हरु सम्बन्धित जानकारी हरु को बारे मा जान्न सक्नु हुन्छ जसको लागि निम्न link मा जानु होला- https://www.google.com/settings/dashboard

    9. तपाई ले “ok google” अनि voice search मा के के बोल्नु भयो –
    तपाई ले ओके गूगल अनि voice सर्च द्वारा के के इन्पुट दिनु भयो त्यो सुन्न को लागि यो link मा जानु होला- https://history.google.com/history/audio

    10. आज सम्म youtube मा केके खोज्नु भयो – तपाई ले गूगल को भिडियो सेवा youtube मा भिडियो खोज्न को लागी जे जे लेख्नु भएको छ त्यो सुची हेर्न को लागि यो link मा जानु होला- https://history.google.com/history/youtube/search

    11. youtube मा कुन कुन भिडियो हेर्नु भयो –
    youtube मा लोगिन गरेर आज सम्म कुन कुन भिडियो हेर्नु भयो त्यस को सुची हेर्न को लागी –https://history.google.com/history/youtube/watch

    12. तपाई ले कति गूगल स्टोरेज को प्रयोग गर्नु भयो –
    जब तपाई gmail, गूगल फोटो, blogger या अन्य गूगल सेवा हरु को प्रयोग गरि रहनु भएको हुन्छ त्यतिबेला तपाई 15 जीबी को मेमोरी स्पेस फ्री मै मिल्ने गर्दछ, यदि तपाई हेर्न चाहनुहुन्छ कि आज सम्म कति स्पेस को प्रयोग भयो र कति बाकी रह्यो त्यस का लागि निम्न link मा जानु होला- https://myaccount.google.com/preferences#storage

    13. तपाई लाइ कुन कुन बिषय मा रुची छ –
    गूगल तपाई लाइ सहि अनि लक्षित बिषय मा बिज्ञापन देखाउन को लागि गूगल खोज अनि अन्य गतिबिधि हरु को आधार मा तपाई को रुची जान्ने कोसिश गर्ने गर्दछ , निम्न link मा गएर देख्न सक्नु हुन्छ कि गूगल ले तपाई को रुची हरु को बारेमा के के जानकारी हरु एकत्र गरिसकेको छ जसको लागि निम्न link मा जानु होला-https://www.google.com/settings/ads/authenticated

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य