परिवारको मिठो सपना बोकेर विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    सन्धिखर्क, अर्घाखाँची असार-६ (अर्घाखाँची डट्कम) । आफ्नो घर परिवार सुखि र खुसी बनाउने मिठो सपना बोकेर विदेशिएको ३ बर्ष पछि घरमा फर्किदा सोचेजस्तो भए त ठिकै हो तर सोचेभन्दा धेरै फरक भयो भने के हुन्छ होला जसको खुसीको लागी आफ्नो खुसीलाई बन्दगी राखेर विदेशमा पसिना संग उनैको लागी खुसी साटेर आउदा उनै मान्छेनै नहुदा कस्तो पिडा हुन्छ होला यस्तै भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ का कृष्ण गिरिलाई ३ बर्ष सम्म मलेसियामा तिनै परिवारको लागी दुःख गरेर फर्किएका गिरिकी श्रीमति अनुजा यहि जेठ २८ गतेदेखि संर्पक विहिन भएकी छन् ।
    मलेसियाबाट फर्कने क्रममा संपर्क भएको र नेपाल आई सकेपछि काठमाडौ आएर कुराकानी भएको गिरीले बताए । कुराकानीको क्रममा संन्धिखर्क सम्म लिन आउने कुरा बताएकी श्रीमति सन्धिखर्क फुदवाङ्ग आउन्जेल सम्म कुरा भएको उनी बताउछन्. । सन्धिखर्क आईसकेर पटक पटक संर्पक गर्न खोज्दा संर्पक नभएपछि उनी एक्लै घर आएका थिए । घरमा आएर फोन गर्दा आफु घास काट्न खोलातिर गएको र केहि छिन पछि फर्किने बताएकी उनी हाल सम्म पनि संर्पकमा आएकी छैनन् ।
    साँझसम्म पनि घरमा नआएपछि उनको धेरै ठाउँमा खोजि गरिएको र कतैपनि नभेटिएको उनी बताउछन् । अहिले फोन संपर्क गर्दा फोन पनि नलाग्ने र उनको माईतीमा बुझ्दा माईतीमा पनि नगएको भन्ने बुझिएपछि प्रहरिमा खोजी गर्दिनको लागी अनुरोध गरेको उनले बताए । एक ३ बर्षिया छोरी रहेको बताउने उनले आफुले विदेशमा कमाएको करिव २ लाखको हिसाव किताव समेत नभएको अर्घाखाँची डट्कमलाई बताएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य