फेरि यौन वजार फर्किन वाध्य ती बालिका


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १९, २०७४

    कलंकीस्थित चेन्ज नेपाल नामक संस्थाको कार्यालयमा काम विषेशले पुगेकी थिएँ । व्यवसायिक यौन दुव्र्यवहार नियन्त्रणको लागि कार्यरत सो संस्थाको कार्यालय भित्र पस्नासाथ एक किशोरी कार्यालयको वैठक कक्षमा घोप्टो परेर निदाईरहेको देखेँ । उनी निद्रामै बेलाबेला कोल्टे फेरिरहन्थिन्
    म विस्तारै भित्र पसेँ । उनलाई नियालेर केहीवेर हेरेँ । लगाएका लुगा फोहोर थिए । धुलोमैलोले कपाल लट्टा परेको । काटेर छिया छिया परेको चोट हातभरी थियो । प्वालै प्वाल परेको च्यतिएको जस्तो देखिने कालो जिन्सको पाईन्ट, निधारमा सानो टीका अनि घाँटीमा सानो मंगलसुत्र । उनी नजिक पगेर सरसर्ती हेर्दा देखिने कुरा यत्ति हुन्
    मmट्ट हेर्दा उनी १४–१५ वर्षकी जस्ती देखिन्थिन् । नजिकै पुगेर नियल्दा केहि कुहिएको जस्तो गन्ध आइरहेको थियो । मलाई लाग्यो पक्कै यिनी विरामी हुनुपर्छ । मैले त्यो कार्यालयको अर्को कोठामा पुगेर सोधेँ– को हुन् ती नानी रु

    एकजनाले जवाफ दिनुभयो– ‘तपाईंले ४ महिना पहिला भेटेर स्टोरी लेख्नुभाको विर्सनुभयो रु हामीले उनलाई निरन्तर परामर्शमा बोलाई आवासगृहमा पठाउने कोसिस गरिरहेका छौं । पहिला त उनी त्यति आउने मन गर्दैनथिइन् । तर आजभोलि बोलाएको बेला आउँछिन् ।’
    म मmसंङ्ग भएँ । चेन्ज नेपालकै सहयोगमा मैले ४ महिना अगाडि ती बालिकालाई भेट्ने मौका पाएकी थिएँ
    उनी निदाईरहेको कोठामा उनीछेउ गएर थचक्क बसेँ । ४ महिनाअघि उनीसँगको भेट र कुराकानी मेरो दिमागमा दोहोरिनथाले । चार महिना अघि भेट्दा उनीवारे मैले यस्तो विवरण फेला पारेकी थिएँ–
    उनको घर दक्षिणकाली जाने बाटोतिर पर्छ । घरमा रोगी वावु आमा । १० वर्षकै हुँदा आर्थिक अवस्थाले उनी काम खोज्दै काठमाडौं आइन् । सुरुमा सानो चिया पसलमा काम गर्न थालिन् । चिया पसलमा काम गर्दैगर्दा कहिले साहुले कहिले ग्राहकले नानी भन्दै सुम्सुम्याउँदै उनीमाथि यौन दुव्र्यवहार गर्न सुरु गरेका थिए । कंलकीका साना चिया होटल र खाजा घरमा काम गर्दागर्दै उनीमाथि पटक पटक दुव्र्यवहार हुन थाल्यो । एकपटक आफ्नै साहुले कोहि नभएको मौका पारी उनीमाथि वलात्कार गरे । त्यसपछिका दिनहरुमा पनि उनी पटकपटक ग्राहक र साहुबाट लुटिन थालिन् ।
    उनी विरक्तिंदै गइन् । गाउँ जाउँ कि शहरमै बसौं, उनको मन दोधारमा पर्यो । अन्त्यमा आमा वुवासंगै गाँउमा बस्छु भन्ने सोचेर उनी गाउँ गइन् । घर पुग्दा आमा रोगले झन् थलिएकी, वुवालाई दमको व्यथा अझै बढेको । कमाएर दिने कोहि थिएन । एकजना दिदीको विहे भईसकेको थियो
    आर्थिक अभाव त्यस्तै । काँधमा रोगी बाबुआमा पाल्नुपर्ने जिम्मेवारी अभावले उनलाई फेरि शहर पस्न बाध्य बनायो । तर, उनलाई तर्साएको त्यहि कलंकी वरिपरीको मात्रै थियो उनको शहर । त्यसबाहेक उनलाई कहि थाहा थिएन ।
    उनी फेरि फर्किइन् कलंकी । काम खोज्दै जाँदा कलंकीबाट थानकोट जाने बाटोमा रहेको एउटा होटलमा कोठा सफा गर्ने काम पाइन् उनले । ‘आन्टीले चलाएको होटल । आन्टीले विस्तारै मलाई होटलमा आउने ग्राहकसँग बस् भनेर पठाउन थाल्नुभयो’ चार महिनाअघि उनले भनेका कुरा अहिले उनी सुतिरहेको ठाउँ अगाडि बस्दा कानमा गुञ्जिन थाल्यो, ‘पहिलो पटक चिया होटलेका साहुले मलाई जवरजस्ती गर्दा रगतै रगतले पोतिएकी थिएँ । साह्रै गाह्रो भएको थियो । त्यहि सम्मmर आन्टीसँग म यस्तो काम गर्दिनँ भनेकी थिएँ । आन्टीले सुरुमा भएर हो, अव त्यस्तो हुन्न भन्नुभयो ।’
    उनले त्यसबेला भनेका कुराले हृदय झनै चिमोट्यो । उनले भनेकी थिइन्– ‘म विस्तारै ड्राइभर, खलासी, भरिया देखि विदेशबाट आएर बास बस्नेहरुको एकघन्टे र बढिमा एकरातको ओछ्यान बन्न पुगेँ ।’
    त्यसबेला उनी र म बीचको संवाद यस्तो थियो–
    म– ग्राहकहरुले कति पैसा दिन्छन् तिमीलाई ?
    उनी– एक पटकको १ हजार तर, एक रात सँगै विताएँ भने ३५सय ।
    म– तिमीलाई थाहा छ ? यसरी सम्वन्ध राख्दा रोग लाग्छ भनेर
    उनी– थाहा छ म्याम, अस्ती चेन्ज नेपालको क्याम्पमा गएर जँचाएको, अहिलेसम्म त रोग लाग्या छैन रे । अव चाहिँ विचार गर्नुपर्छ । यस्तो जवाफ दिंदा उनी निकै बुझक्की झैं देखिएकी थिइन्
    म– तिमीसँग आउने ग्राहकले आफू सुरक्षित भएर सम्पर्क राख्छन् त ?
    उनी– धेरै त साधन बोकेरै आउँछन् तर, ल्याएनन् भने हाम्रो होटलमै पाइन्छ । म आफैं लिएर कोठामा जान्छु अनि ५० रुपैया माग्छु । तर यतिकै बस्न दिन्न
    त्यो वेला उनलाई आफूले कमाएको पैसा होटेलवाली आन्टीले फाइनान्समा वचत गरेर राखिदिएकी छु भनेकी रहिछन् । घर जाने बेला उनको पैसा एकैपटक दिन्छु भनेकी रहिछन् । उनी एकजना गाडी चालकसँग विहे गरेकी छु, उ पनि सँगै बस्छ भन्थिन् ।
    त्यसबेला मैले सोधेकी थिएँ– तिम्रो लोग्नेले अरुसँग यसरी सम्वन्ध नराख भन्नुहुन्न ?
    उनी भन्थिन्– अहँ भन्नुहुन्न, गेष्टसँग म जाँदा उहाँ आफैं बाहिर निस्कनुहुन्छ । अनि फेरि आएर मसँग बस्नुहुन्छ
    मेरो प्रश्न थियो– तिम्रो बुढाले माया गर्नुहुन्छ त तिमीलाई ?
    उनको जवाफ थियो– माया त गर्नुहुन्छ तर, सबै कमाएको पैसा दिएन भने चाहिँ पिट्नुहुन्छ
    अघिल्लो पटक भेटेर छुटेपछि उनी मलाई कहिलेकाहिँ राती रुँदै फोन गर्थिन्– ‘म्याम मेरो कोठाबाट पैसा चोरी भयो । बुढा नि पैसा धेरै कमाइनस् भनेर झगडा गर्छ, म के गरौ ?
    चार महिनापछि उनलाई भेट्दा मन त्यसै भारी भयो । उनको अनुहार अलि बढि नै मलिन, अनि मानसिकता असन्तुलित देखेँ । उनीछेउ बस्दा नमिठो गन्ध आइरहेको थियो
    मैले छेउमै गएर उनलाई कोट्याएँ । उनी झसङ्ग हुँदै उठिन् । मैले सोधेँ– मलाई चिन्यौ ?
    रसिला आँखा मतिर तेस्र्याउँदै उनले भनिन्– खै मैले त चिनिन । मैले सम्झाउन कोसिस गरेँ । तर, अहँ उनले चिनिनन् । मैले सोधेँ– तिमी अहिले काहाँ बस्छौ ?
    उनले छोटो उत्तर दिइन्– बसपार्कमा बस्छु
    मेरो अर्को प्रश्न थियो– कंलकी छाड्यौ ?
    उनले विवरणको शैलीमा उत्तर दिइन्– ‘म्याम कलंकीको आन्टीले मेरो सबै पैसा खाईदियो, मैले हनुमान ढोकामा केस हालेकी छु । मेरो बुढाले पनि मलाई धोका दिएर भाग्यो । अनि म अहिले बसपार्कको होटलमा बस्छु ।’
    कमाई कस्तो छ त अहिले रु मैले सोधेँ
    उनको उत्तर थियो– बसपार्कको पुलमा बस्थेँ । पुलिसले लखेटेर अहिले होटलमै बस्छु । आज ५ जनासँग बसेर आको । आज नाइट पनि थियो । त्यहि भएर गाह्रो भाको छ म्याम, निन्द्रा लागेछ । कमाएर पनि के गर्नु होटलको साहुलाई नि बुझाउनु पर्छ ।

    शरीर हेर्दा लाग्थ्यो उनी थलिएकी छन् । मानसिक रुपमा विक्षिप्त छन् भन्ने उनको हाउभाउबाट पनि थाहा हुन्थ्यो । हेर्दा १४–१५ वर्ष भन्दा बढि नदेखिने ती बालिकालाई एकदिनमा ५–७ जना पुरुषसँग सम्पर्क राख्दा कति पीडा हुँदो हो रु मेरो मनमा प्रश्न दौडियो ।
    कठै, आमा वुवाले पकाएको तातो भात खाएर व्याग च्यापेर स्कूल जानुपर्ने उमेरकी यिनलाई नियतिले कति धेरै ठगेको होला रु मन कँडियो भित्र भित्रै । मैले सोधेँ–‘तिमीलाई यो काम छाडौं जस्तो लाग्दैन ? ’
    उनले जवाफ दिईन्– ‘मलाई माया गर्ने कोहि केटाले तिमी यस्तो नगर भनेर विहे गरेर राख्यो भने त म छाडिहाल्छु नि । कति जनासँग विहे गरेँ । यसले त माया गर्छ होला जस्तो लाग्छ लास्टमा त मेरै पैसा खाएर भाग्छन् ।’ उनले आफ्नो मोवाईलमा आफूलाई खुव माया गर्छु भन्ने २–४ जना केटाको फोटो पनि राखेकी रहिछन् । ती फोटोहरु देखाउँदै भनिन्– यिनीहरु सवैले मेरो पैसा खाएर भागे । कुरा गर्दागर्दै उनको हात घाँटीमा पुग्यो
    उनले घाँटीमा मंगलसुत्र झुण्ड्याएकी थिइन् । भनिन्– ‘एक जनाले विहे गरेर यो लगाइदिएको । एकदिन मलाई सम्मmर आउला नि है रु’ त्यसो भनिरहंदा उनका आँखाका चेप आँशुले भरिएका थिए । छिनमै उनी फेरि हास्दै भन्थिन्– ‘त्यो आयो भने त, म यस्तो काम छाडेर सानो पसल थापेर बस्छु, कस्सम ।’
    घर गएर आमावुवा सँग बस्न मन पनि छैन । आमा ओछ्यान परेकी छिन्, आफैं ठगिएर पैसा पठाउन नसकेकाले उनलाई घर जान मन छैन । । बाबुले कहिलेकाहिँ फोन गर्छन्, पैसा पठाइदे भन्छन् । उनलाई लाग्छ–‘मलाई बुझ्ने को छ र रु घरमा पैसा पठाएन भने त त्यहि वुवाले नि माया गर्दैनन् होला । मलाई एउटा माया गरेर राख्ने केटा खोजिदिनुस् न । म यो काम छाडिदिन्छु ।’ यसो भन्दा उनी गृहिणीजस्ती देखिएकी थिइन् ।
    आजभोलि सडकमा आफूलाई मोलमोलाईमा राख्न बाध्य यस्ता बालिका तथा किशोरीहरु आफन्तको संरक्षण, माया र हेरचाहको अभावमा आफूलाई दवाएर बाँचिरहेका छन् । उनीहरुलाई प्रयोग गरेर साना खाजाघर, होटल, गेष्टहाउस लगायतका मालिकहरु धनी बन्दै गएका छन् । सरकारले न त यस्ता बालिका तथा किशोरी हरुमाथि यौन शोषण गर्नेलाई पहिचान गरी कारवाही गर्छ, न त उनीहरुको वैकल्पिक व्यवस्था नै गर्न सकेको छ । समेत भइरहेका छन् । तर यी बालिका भोलि किशोरी हुँदै महिला बन्ने उमेरमा पुग्दासम्म कयौं यौन पिपासुहरुले डसेर सिध्धने त हैनन् भन्ने प्रश्न उठेको छ । काठमाडौका सडकपेटी होटल तथा गेष्टहाउसमा यस्तो यौन दासको रुपमा जीवन काटेका कति बालिकाहरु होलान् ? हामी प्रत्येकले हिंसामा परेका एकएक बालिका किशोरी तथा महिलालाई हिंसाको चपेटाबाट बाहिर निकाल्न सक्यौ भने हिंसा विरुद्धको अभियानले सार्थकता पाउँछ । मैले उनलाई धेरै सम्मmएँ । तिमीलाई धेरै माया गर्छु तिमी यो काम छाड भनेँ । उनले भनिन्– ‘माया गर्ने भए मलाई दिनमा एकपटक सधैं फोन गर्नुपर्छ । एक महिना फोन गर्नुभो भने अनि वल्ल म पत्याउँछु र हजुरले भने जस्तै गर्छु ।

    उनलाई हरेक दिन फोन गर्ने बाचा गरेर महिला हिंसा विरुद्धको सोह्र दिने अभियानकै वीचमा उनलाई यौन हिंसाको चपेटाबाट बाहिर निकाल्ने अठोट सहित म त्यहाँबाट फर्केँ । चक्रपथवाट

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य